११ मंसिर
काठमाडौं । सरकारले मंगलबार घोषणा गर्न लागेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई रोजगारदाताहरुले ‘चुनौतिपूर्ण योजना’को संज्ञा दिएका छन् । सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा शुभकामना मन्तब्य राख्दै निजी क्षेत्रका संघ संगठनका नेताहरुले समाजिक सुरक्षाका लागि ल्याइएको यो योजना श्रमिमका लागि ठूलो अवसर भएपनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सामाजिक रुपान्तरणको प्रारम्भ भएको बताइन् । श्रम बजारलाई गतिशील र श्रम क्षेत्रलाई मर्यादित बनाउने चाहनालाई मूर्त रुप दिन कोषको परिचालन महत्वपूर्ण हुने उनको भनाइ थियो ।









