५ मंसीर

पर्वत ।
कुश्मा नगरपालिका १४ आर्थर रयालेडाँडामा यही मंसिर १ देखि ३ गते सम्म दियाली ब्रर्दश युथ क्लबद्धारा आयोजना भएको प्रथम रयालेडाँडा मेला मंगलबार सम्पन्न भएको छ ।
समपन्न मेलाका प्रमुख अतिथि कुश्मा नगरपालिकाका उपमियर सीता काफ्ले लामिछानेले भविलको उपाधि जित्न सफल भएकाहरुलाई सिल्ड,मेडल,प्रमाणपत्र सहित नगद प्रदान गरेकी थिइन् । उनले सो अबसरमा बोल्दै खेलकुद मानिसको शाररीक तथा मानसिक विकासको मेरुदण्ड भएकाले सवै स्थानीय तहहरुलाई यसको बिकासमा नगरपालिकाले सहयोग गर्न निर्देश दिएको बताईन् । स्थानीयवडा मार्फत आम जनताका समस्या नगरपालिकामा ल्याउन जनता र वडाप्रतिनिधि विच समन्वय हुन जरुरी रहेको बताउँदै विकास निमार्णका शिल्शिलामा राजनिती दम्भका कारण ठुलो भूल हुनेहुदाँ सवै सचेत रहन आग्रह गरिन् ।
मेलामा आयोजना भएको वडास्तरीय भलिबल प्रतियोगिताको प्रथम स्थानको उपाधि नमोबुद्ध युवा क्लव आर्थर डाडाँखर्कले जित्न सफलभई नगर ४० हजार,हिल्ड,मेडल र प्रमाणपत्र हात पारेको छ । द्धितिय स्थान आयोजक दियाली ब्रर्दश युथ कलवले जित्दै नगद ३० हजार, हिल्ड,मेडल र प्रमाणपत्र हात पारेको छ । भने,तृतिय स्थान मुनाल युवा क्लव गंगटेले प्राप्त गर्दै नगर १५ हजार हिल्ड,मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा ५ समूहको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमा बोल्दै नेपाली काँग्रेस कार्यसमितिका सदस्य गुरुदत्त उपाध्यायले कम्युनिष्ट सरकार निमार्णको नौ महिनाभईसक्दा समेत देखिने गरिकाम हुननसकेको हुदाँ जनता अहिलो पछुतोमा परेको बताए । काँग्रेस १४का वडा सभापति रुद्रमोहोन रिमालले सो अवसरमा वोल्दै अझै पनि यहाँका बृद्ध जनताले बृद्धभत्ता नपाई पटकपटक दर्दनाक अवस्थामा हुदाँ वडा कार्यालयले कानमा तेल हालेर बस्को आरोप लगाए । दियाली ब्रर्दश युथ क्लब अध्यक्ष गंगा बहादुर विकको अध्यक्षतामा सम्पन्न भएको सो मेलामा कुश्मा २ का वडाध्यक्ष यादुनाथ बासतोला,८का वडाध्यक्ष राजकुमार क्षेत्री,नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव तथा शुभकल्याण आधारभुत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गौतम,रुपलाल विक र सरन विकले बोलेका थिए ।