२७ कार्तिक

मलेशिया। मलेशियामा काम गर्दागर्दै एक नेपाली युवाको मृत्यु भएको छ ।

मलेशियाको जोहोरबारुको बाटु पहाटस्थित सिरीगार्डिङमा रहेको रामाटेक्सट टेक्सटाइल कम्पनीमा ९ महिनादेखि काम गर्दै आएका २४ वर्षीय भरतकुमार यादवको मृत्यु भएको उनका साथी राजेशले  जानकारी दिए ।

उनका अनुसार मृतक यादवको घर महोत्तरी थरुवाही हो । सोमबार बिहान नाइट ड्यूटिपछि हातमुख धुनेक्रममा एक्कासी रिंगटा लागेर लडेर बेहोस भएका यादव फेरि होसमा आएनन् ।