१५ कार्तिक
पर्वत । कुश्मा नगरपालिकाले बुधबार बिषयगत कार्यालयहरु स्थापना गर्न सुुरु गरेको छ । नगरपालिकाले साविकको पशुसेवा कार्यालय र सिप विकास कार्यालयमा नगरपालिका अन्तर्गतको मातहतमा रहेका बिषयगत कार्यालयहरु स्थापना गरेको छ । कुश्मा नगरपालिका हालको एकता चोकमा सवै विषयगत कार्यालय रहदाँ कार्य सम्पादनमा समस्या हुदै आएको थियो । कुश्मा नगरपालिकाको कार्यपालिका बैठकले पटक पटक  जिल्ला समन्वय समितिमा स्थानातरणको पहल गरे पनि आफ्नो कार्यालय स्थापना गर्न नसकेपछि अन्य साविकका सरकारी कार्यालयहरुमा पुगेको हो ।
‘नगरपालिकाको भवन निकै सानो भयो,बिषयगत कार्यालयहरुबाट थुप्रै कर्मचारीहरु आउँदा कुर्ची राख्न पनि समस्या छ ,‘कुश्मा नगरपालिकाका प्रशासकिय अधिकृत सुवासकुमार लामिछानेले भन्नुभयो,‘ अब यही तरिकाले बिषयगत कार्यालयहरु स्थापना गर्छौ ।’ कुश्मा नगरपालिकामा हाल कृषि ,पशु शिक्षा,स्वास्थय,रोजगार सुचना केन्द्र,महिला लयायतका बिषयगत कार्यालयहरु राख्न निकै समस्या छ । कुश्मा नगरपालिका आफैमा भाडाको घरमा बस्दै आएको छ ।
कुश्मा नगरपालिकाले अन्य बिषयगत कार्यालयहरुलाई प्रदेश कार्यालयको समन्वयमा स्थापना गर्ने जनाएको छ । बिषयगत कार्यालयहरुलाई अवस्था हेरेर स्थापना गर्न लागिएको छ । वस्तुगत वास्तविकतामा रहेर कुश्मा नगरपालिका अन्तर्गतका बिषयगतका शाखाहरु स्थापना गर्ने नगरपालिकाले जानकारी दिएको छ । कुश्मा नगरपालिकाका सदस्य नरेन्द्र बहादुर खत्रीका अनुसार कुश्मा नगरपालिकाले प्रदेश सरकारसंग छलफल गरेर खाली रहेका साविकका कार्यालयहरुमा बिषयगत कार्यालयहरु स्थापना गर्दैछ । नगरपालिकामा बिषयगत कार्यालयहरुको काम लिएर जाँदा धेरै नगरवासीहरुले आफ्ना कामहरु सहजै गर्न सकेका थिएनन् । ‘अब समस्या रहदैन कामहरु पनि छिटो छरितो हुन्छ,’कुश्मा ५ का वडाअध्यक्ष चित्रकला शर्माले भन्नुभयो,‘यसरी काम बिषयगत कार्यालयहरुका कर्मचारीहरुलाई पनि काम गर्न सजिलो हुन्छ ।’ कुश्मा बजारको वडा नम्बर ५ मा नगरपालिकाको कार्यालय हुदाँ यहाँको बजारमा चहलपहल थियो । तर,कुश्मा वडागाउँ शुन्य जस्तै छ । बिषयगत कार्यालयहरु स्थानतरण हुँदा बजारको व्यापार व्यवसाय समेत फस्टाउने अपेक्षा व्यापरीहरुले गरेका छन् ।
‘मोदी गाउँपालिकाको पशु शाखावाट कुस्मा नगरपालिकाको पशु  शाखामा आउँदा वस्ने ठाउँ समेत रहेन्छ,’ कुश्मा नगरपालिकाको पशु शाखाका प्रमुख रामजीप्रसाद पौडेलले भन्नुभयो,‘यसरी बिषयगत रुपमा केन्द्रले आआफना कार्यालयहरु पाउँदा सजिलो तरिकाले काम गर्न सकिन्छ ।’ पशु केन्द्रलाई झै कृषि,महिला,रोजगार सुचना केन्द्र,स्वास्थय लागायतका अन्य बिषयगत कार्यालयहरुलाई काम गर्न कठिनाईको अवस्था छ । जसका कारण नागरिकहरु अन्यौंलामा छन् । नगरपालिकाले यसरी शाखाहरु स्थापना गर्दा जिल्ला समन्वय समितिसंग सल्लाह गरेर काम गरेको हो । साविकको जिल्ला शिक्षा,पशु सेवा कार्यालय,खानेपानी तथा सरसफाई कार्यालय,सीप विकास कार्यालय खालिभई सकेका छन् । साविकको कृषि कार्यालयमा बाग्लुङ र पर्वत जिल्ला हर्ने गरेर कृषि ज्ञान केन्द्र स्थापन भएको छ । अन्य,कार्यालयहरुको अवस्था हरेर कुश्मा नगरपालिकाले आफना बिषयगतका कार्यालयहरु स्थापन गर्ने सोच बनाई सकेको छ ।