१३ कार्तिक
काठमाण्डौ । प्रमुखप्रतिपक्षीदल नेपालीकांग्रेसका नेताचन्द्र भण्डारीले विखण्डनकारी चरित्रकानागरिकको नागरिकताखारेज गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार रिपोर्टर्सक्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमाचिन्ताव्यक्तगर्दै राष्ट्रको हितमाआँचआउने खालकाकामगर्नेहरुको नागरिकताखारेज गर्नुपर्ने बताएकाहुन् ।

क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमाबोल्दै भण्डारीले भने,“संसारमायति अराजक र भ्रष्ट कहीँपनि छैन । स्वर्गलाई नर्क बनाउनखोजिएको छ ।”

नेपालमाकुनै पनि नेतामा इच्छाशक्ति नभएकाले परिवर्तन हुननसकेको भण्डारीको तर्क थियो । “नेतामालगाबभएन । राष्ट्रवादी नेताकोहीपनि छैनन् । सफलहुनकालागिऋषिधमलामाजस्तो ईच्छाशक्ति र मिहिनेत हुनुपर्छ ।” भण्डारीले भने ।

नेपालकायुवा नेताहरुले पनिहाइ काढ्ने काममात्रै गरेको भन्दै भण्डारीले आलोचना गरे । युवा नेताहरुले बूढा नेताहरुको लगौँटी समातेर राजनीतिगर्ने गरेको भण्डारीको जिकिर थियो ।

साक्षात्कारमा सत्तारुढ दल नेकपाका नेतातथा सांसद यज्ञराज सुनुवारले बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजायहुनुपर्नेमाजोड दिए ।

पछिल्लो समय नेपालमाहत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घट्ना बढ्दै गएको भन्दै त्यसलाई रोक्नकालागि मृत्युदण्ड दिनुपर्ने सुनुवारको मागथियो ।

अहिलेको सरकारबाट ठूलो परिवर्तनको अपेक्षा राख्नु स्वभाविकभएको भन्दै उनले ५ वर्षमागर्ने काम ६ महिनामै गर्न सकेन भनेर असफलभन्ननहुने तर्क गरे ।

सरकार बनेको छोटो अवधीमा नै १६ वटा मौलिकहक, नीति, कार्यक्रम र बजेट बनेको उल्लेख गर्दै सुनुवारले तिनै नीति बजेट कार्यान्वयन भएपछि परिवर्तन देखिने बताए ।

“मुलुकले दिशा समात्नलागेको छ । तर समस्या धेरै छन् । समाधानपनिहुँदै जान्छ ।”–उनले भने ।

प्रतिपक्षीको गाली र आलोचनाले कम्युनिष्ट सरकार विचलितनहुने भन्दै उनले दबाबलाई सकारात्मक रुपमालिइने बताए । “सरकारले कामगरिरहेको छ । प्रतिपक्षीको गालीले कम्युनिष्टहरुरिसाउँदैनन् ।” सुनुवारले भने ।

नेता सुनुवारले प्रधानमन्त्रीतथा नेकपाअध्यक्षकेपीओली स्वस्थ भएपछि स्थायी कमिटीको बैठक बसेर एकताप्रक्रिया अगाडि बढाइने जानकारी दिए । “स्थानीय तहसम्मको कमिटी निर्माण छिटै हुन्छ । अबएकताप्रक्रिया टुङ्ग्याउँछाँै ।” सुनुवारले भने ।

राष्ट्रिय जनतापार्टीकाअध्यक्ष मण्डलका सदस्यएवम् सांसद महेन्द्र राययादवले छठसम्म संविधान संशोधनप्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् ।

सरकारले उल्लेखनीयकामगर्न नसकेको आरोप लगाउँदै यादवले आफूहरुले प्रस्तुत गरेकामागकाविषयमा सरकारले बेवास्ता गरेको जिकिर गरे ।

“संविधान संशोधनको माग पूरा गर्न छठसम्मको समय दिएका छौँ । सरकारले कार्यान्वयन गरेन भने समर्थन फिर्ता लिन्छौँ । यसको सम्पूर्ण जिम्मेवार सरकार नै हुनुपर्छ ।”–यादवले भने ।

राजनीतिक मुद्दा सम्बोधननभएसम्मआर्थिक समृद्धि र विकास हाँसिलहुननसक्ने उनको भनाई थियो ।

सरकार अलमल र द्धिविधामा परेको भन्दै यादवले संघीयता कार्यान्वयनमापनि सरकार असफलभएको आरोप लगाए ।

प्रदेश सरकार सञ्चालनकालागि संघीय सरकारले बाधापुर्याएको भन्दै यादवले संघीयता कमजोर बनाउने खेलमा सरकार नै सक्रियहुनथालेको जिकिर गरे ।

प्रदेश २ को सरकारले प्रहरी ऐन ल्याएर संघीय सरकारलाई दबाबदिएको जानकारी दिदै उनले संघले तत्कालआवश्यककानुनबनाएर प्रदेशलाई दिनुपर्ने माग गरे ।“बलात्कारी समात्ननसक्ने सरकारले अरु के काम गर्छ ?” यादवले प्रश्न गरे ।