१३ कार्तिक
काठमाण्डौ । सरकारी कार्यालयमाकार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलनचलिरहेको छ ।

मंगलबार रिपोर्टर्सक्लबमाआयोजित साक्षात्कारमाकर्मचारीहरुले आफ्नामाग पूरा नभए सिंहदरबारमा जे पनिगर्न सकिने चेतावनीदिएका छन् ।

क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजितसाक्षात्कारमाअखिल नेपाल सरकारी अस्थायी, करार तथाज्यालादारी कर्मचारी श्रमिक संघका संयोजककुमार राउतले आफूहरुको रोजिरोटी नखोस्न सरकारलाई चेतावनीदिए ।

क्लबका सभापतिऋषिधमलाको सभापतित्वमा सम्पन्नकार्यक्रममा राउतले २०–२५ वर्षसम्मकाम गरेकाकर्मचारीलाई सरकारले तीनमहिनाको तलबदिएर हटाउन लागेको भन्दै आपत्तिजनाए । ३२ हजार कर्मचारीको रोजिरोटी खोसिएकोप्रतिगुनासो गर्दै राउतले छठसम्म माग पूरा नभए सिंहदरबार पस्ने चेतावनीदिए ।

“छठसम्म माग पूरा नभए सशक्तआन्दोलन गर्छौँ । हामी मर्न पनितयार छौँ । रोजिरोटी खोसिएकाकर्मचारीका परिवारलाई सिंहदरबार छिराउँछौँ ।” राउतले भने ।

आधिकारिक ट्रेड युनियनकाउपाध्यक्षभोलापोख्रेलले अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई सरकारले नियम र विगतमाभएका सम्झौताअनुसार व्यवस्थापनगर्नुपर्ने बताए ।

सर्वोच्चले यस्ता कर्मचारी नराख्नआदेश दिएपनि सरकारले पालनानगरेको भन्दै उनले अहिले हटाउन खोज्नु गलतभएको तर्क गरे ।

आवश्यकतापर्यो भनेर भर्ना गर्ने अनिअहिले किन हटाउन खोजियो ?पोख्रेलले प्रश्न गरे ।

कार्यक्रममा नेपालीकाग्रेसका नेताचन्द्र भण्डारीले नेपालमाकर्मचारी भर्ना गर्ने शैली नै ठीक नभएकाले यस्तो समस्याआएको तर्क गरे ।

त्यसैगरी सत्तारुढ दल नेकपाका नेतातथा सांसद यज्ञराज सुनुवारले कर्मचारीतन्त्रभित्र धेरै जटिलता रहेको भन्दै सरकारले समस्याको समाधानगर्नुपर्ने बताए ।

“अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीको सन्दर्भमा जे जस्ता नीति छ, जे सम्झौताअनुसार भर्ना गरिएको हो, सरकारले सोहीअनुसार कार्यान्वयनगर्नुपर्छ ।” सुनुवारले भने । सबैखाले कर्मचारीको उचितकदर गर्नुपर्ने उनको भनाई थियो ।

त्यसैगरि राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राययादवले कर्मचारी तन्त्रमा राजनीतिकप्रभावभएकाले यस्तो समस्याआएको बताए । उनले ट्रेड युनियनहरु नै खारेजगर्नुपर्नेमाजोड दिएका छन् ।