९ कार्तिक
पर्वत। कुस्मा नगरपालिका वडा ११ पकुवा रानीस्वारमा बुधबार नेपाली काँग्रेसका क्रियाशिल सदस्य स्वर्गीय झुपी नेपालीको स्मृतिमा श्रदाञ्जलीसभा समपन्न भएको छ ।
कुस्मानगरपालिका ११ वडाकार्य समितिको आयोजनामा श्रदाञ्जलीसभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमूख अतिथि नेपाल टेड्र युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र के।सीले स्वर्गीय झुपी नेपालीको स्वारोहर्णले पार्टीलाई अपूरणीय क्षेती पु-याएको बताए । उनले मृतकको आत्माको चिरशान्तिको कामना गर्दे शोकाकुल परिवारमा धैर्यधारण गर्ने शत्ति प्रदानको कामना गरे ।
श्रदाञ्जलीसभा कुस्मा नगरपालिका ११ का वडाकार्य समितिका अध्यक्ष टंक सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वडाका प्रतिनिधी गोपाल नेपाली,शिक्षक जग्ननाथ शर्मा,स्थानीय युवा समाजसेवी सुर्य नेपाली,स्थानीय समाजसेवी झलक शर्मा, वडा नम्बर ११ नेपाली काँग्रेसका त्रियाशिल सदस्य गंगा वहादुर नेपाली लगायतले बोल्दै स्वर्गी झुपी नेपाली प्रति श्रदाञ्जली ब्यक्त गर्दे फोटोमा फुलमाला अपर्ण गरेका थिए ।
नेकपाका जिल्ला सदस्य डिल्लाीराम सुवेदीले उक्त श्रदाञ्जलीसभामा स्वागत मन्तव्य राखेका थिए। भने,सञ्चालन स्थानीय युवा सन्तोष सुवेदीले गरेका थिए ।








