५ कार्तिक
पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विजयदशमी, शुभदिपावली, नेपाल संम्वत् एवम् छठको अवसर पारेर मंगलयदय मा।वि चुवाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले गुणस्तरिय शिक्षा कायम गर्नका लागि विद्यार्थीहरुको बाल्य अवस्था देखीनै सुधार गदै लैजानुपर्ने बताउनु भयो । उहाँले सक्षम नागरिक बनाउने पहिलो कर्तव्य अभिभावक र दोस्रो कर्तव्य गुरुहरुको रहेको धारण राख्नुभयो । समृद्ध नगरका लागि गुणस्तरिय शिक्षा आवश्यक रहेको बताउँदै प्रत्येक विद्यालयहरुमा सरल र सहज वातावरणमा पठन पाठन गर्ने व्यवस्था गर्नु अहिलेको आवश्यकता रहेका आफुले महशुस गरेको बताउनुभयो । साथै उहाँले नगरको विकासमा केही समस्या देखिएपनि परिणममुखी काम गर्ने दावी गर्नुभयो ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका उप–प्रमुख सिताकाफ्ले लामिछानेले विद्यार्थीलाई शिक्षासँग सम्वन्धित आधारभुत ज्ञान, सीप, प्राप्त गर्न अभिप्रेरित गदै शिक्षण सिकाइ क्रियाकलापमा विशेष जोडदिनुपर्ने बताउनु भयो । साथै उहाँले मंगलयदय मा।विको भौतिक शैक्षिक विकासका लागि आवश्यक पहल गर्ने बताउनु भयो । एन।आर।एन।ए का केन्द्रिय सल्लाहकार गोविन्द सुवेदीले चुवाको आर्थिक,भौतिक र शैक्षिक विकासका लागि आवश्यक सहयोग गदै वडाको विकासमा हातेमालो गरेर अगडी बढ्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा अन्र्तराष्ट्रिय युरोपका उपसंयोजक एकराज सुवेदी,नेपाल टेड युनियन काँग्रेसका पर्वतका अध्यक्ष सुरेन्द्र केसी, टे«ड युनियन काँग्रेसका म्याग्दीका उपाध्याक्ष नारायण सुवेदी, नेपाली काँग्रेस कुश्मा नगरपालिका–८ चुवाका सभापति देवीप्रसाद पोख्ररेल, नेपाल कम्युनिष्ट पार्टी चुवाका अध्यक्ष खेमप्रसाद पोखरेल, नेपाल शिक्षक संघ प्रदेश नम्वर ४ का प्रतिनिधी विनोद सुवेदी,स्थानीय समाजसेवी कुलप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राख्दै गुणस्तरिय शिक्षामा जोड दिएका थिए । कुश्मा नगरपालिका–८ चुवा वडाध्यक्ष तथा मंगलयदय मा।वि का अध्यक्ष राजकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधनाध्यापक नागेश्वर पाध्य र कार्यक्रमको संचालन विद्यालयका सह–प्रध्यानाध्यापक तारानाथ शर्माले गर्नुभएको थियो ।








