३१ असोज
आदिस अबाबा– इथोयोपियाका प्रधानमन्त्री अबिय अहमदले मन्त्रिपरिषदको आकार सानो बनाउने घोषणा गरेका छन्। तर उहनले मन्त्रिपरिषदका आधा सदस्य महिला राखेका छन्। महिलाहरुले भ्रष्टचार कम गर्ने र ईमान्दार हूने हूनाले मन्त्रीमा महिलाहरुको वाहूल्यता वनाएको वताए।
२० सदस्यीय मन्त्रिपरिषदका मुख्य मन्त्रालयहरुमा महिलालाई जिम्मेवारी दिइएको अबियका प्रमुख अधिकृत फिटसम आरिगाले बताए। उजले नयाँ सिर्जना गरिएको शान्ति मन्त्रालयको साथै सङ्घीय प्रहरी र गुप्तचर निकायका मुख्य जिम्मेवारी महिलालाई दिनुभएको जानकारी दिए।
“शान्ति, व्यापार तथा उद्योग, र रक्षा मन्त्रालय समेतका महत्वपूर्ण मन्त्रालयहरु महिलालाई दिइएको छ,” आरिगाले बताए।
राष्ट्रिय रक्षा मन्त्रालयमा आइसा मोहम्मदलाई जिम्मेवारी दिइएको छ र यो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने उनी पहिलो महिला हुन्। संसदमा पूर्व सभामुख रहनुभएकी मुफेरियात कामिललाई शान्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघिको मन्त्रिपरिषदमा २८ जना मन्त्री थिए, जसमा पाँचजना मात्र महिला थिए ।
गत अप्रिलमा कार्यभार सम्हालेयता प्रधानमन्त्री अबियको यो पछिल्लो नाटकीय परिवर्तन हो। दुई वर्षदेखि सरकार विरुद्ध प्रदर्शन भएपछि पूर्व प्रधानमन्त्रीले राजीनामा गरेलगत्तै अबिय नयाँ प्रधानमन्त्री चुनिएका थिए।
प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रियासँगको दुई दशकदेखि जारी द्वन्द्वलाई समाप्त गरेका थिए। उनले विपक्षीहरुलाई कारागारमुक्त गर्नुका साथै विगतमा प्रतिबन्धित धेरै समूहलाई स्वदेश फर्काउने नीति ल्याएका थिए। प्रधानमन्त्री अबियले राज्य नियन्त्रित प्रमुख उद्योग व्यवसायलाई निजीकरण गर्ने योजना सार्वजनिक गरेका थिए।
बयालीस वर्षीय अबिय प्रधानमन्त्री भएपछि पनि गाउँघरमा जातीय सङ्घर्षले तीव्रता पाएको छ। दक्षिणी इथियोपियामा जारी हिंसाका कारण दश लाख मानिस विस्थापित भइसकेका छन्।









