२४ असोज
पर्वत । कूश्मा नगरपालिका वडा नं. ७ खरेहमामा जमराको जूसको उत्पादन शूरु भयो । आज एक समाहरोहका विच प्रमूख जिल्ला अधिकारी गूरुदत्त ढकालले शूभारम्भ गर्नु भयो । शूभारमभ गर्दै उहांले जमराको जूसले मानिसका धेरै रोगहरुको निरुपण गरेको जानकारीमा आएकाले पक्कै पनि यस्ले पर्वत वासीलाई स्वस्थ्य रहन मद्धत पु(याउने आशा व्यक्त गर्नु भयो । प्राकृतिक उपचार पद्धतीको एउटा माध्यम भएकाले यस्ले मानव स्वास्थ्य रहन थप टेवा पू(याउने धारणा राख्नू भयो । कृष्ण गिरी ( तिला ) ले जौ वाट उत्पादन भएको जमराको जूस वनाउन शूभारम्भ गर्नुभएको छ । उहांले जूस सेवन गरेमा क्यान्सर,चिनिरोग,मूटूरोग,टिवि,एनिमिया,किड्नीको समस्या,घाटीको समस्या,थाईराईट,मोटोपन जस्ता रोगहरु निकोपार्ने जानकारी गराउदै सवैलाई जूस सेवन गर्न आग्रह गर्नुभयो ।


उक्त जुस उत्पादन शूभारम्भ कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेश वहादूर क्षेत्री लगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।


आज घटस्थापना अर्थात जमरा राख्ने दिन वाट जमराको जुस उत्पादन गर्ने कार्य शूभारम्भ भएको छ । जूसउत्पादनका लागी ७ हजार पर्ने एउटा मेसीन वाट हाल सेवा शूभारम्भ गर्नु भएका गिरीले ग्राहको चाप भएमा अन्य मेसीन थप गर्ने जानकारी दिनूभयो । शूभारम्भमा प्रति गिलास रु ४० मा विक्री वितरण गर्ने र भविश्यमा मोर्केटको अवस्था हेरेर मूल्य थपघट गर्ने जानकारी समेत दिनूभयो ।