२३ असोज

पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ मकै जोन पर्वतले १ करोड ९९ लाख रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । परियोजना कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७५\०७६ का लागि उक्त बजेट सार्वजनिक गरेको हो ।

किसानहरूलाई उत्पादनमूलक र स्वरोजगारमूलक बनाउने उद्देश्यले मकै जोनको विकासका साथै कृषकहरुको समृद्धिका लागि कार्यक्रमहरू सार्वजानिक गरेको बताएको छ । जोनले चालु बर्षमा कृषकहरुलाई मकै उत्पादन तथा प्रशोधन प्रविधि तालिम, माटो, बीउ र बाली संरक्षण प्रयोगशाला, क्रप कटिङ, किसानलाई प्रोत्साहन अनुदान, लगायतका अनुदानमुलक कार्यक्रम सञ्चालन गर्ने बताएको छ  ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बरिष्ठ कृषि अधिकृत महेन्द्रराज कौडालले कार्यपत्र प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना जिल्लालाई एक बर्ष भित्र कृषिजन्य विउ विजनमा  आत्मनिर्भर बनाई विदेशमा समेत  निर्यात गर्ने सरकारी लक्ष्य र उेद्देश्यय रहेकोले कार्यक्रमलाई सफल बनाउन अनुरोध गर्नुभयो ।

फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्माले फलेवास नगरपालिकाका ६ वडालाई समेटेर सञ्चालित परियोजनालाई नगरभरी लागू गराउनुपर्नेमा जोड दिनुभयो ।  शर्माले नगरपालिकाको साझेदारीमा फलेवास नगरका ११ वटै वडामा परियोजना विस्तारमा जोनलाई आग्रह गदै सहयोग गर्न आफु तत्पर रहेको जिकिर गर्नुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले गतवर्ष जोन क्षेत्रमा सरकारले खर्च गरेको बजेटको लक्षित उपलब्ध हाँसिल नभएको बताउँदै आगामी वर्ष बजेट पारदर्शी र कृषकमुखि कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । कार्यक्रममा फलेवास नगरपालिका प्रवक्ता एवम् मुडिकुवाका वडाध्याक्ष ेिटकाराम गौडेलले स्थानीय कृषकको आवश्यकता, माग र पहाडी भुगोल सुहाउँदो यान्त्रिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रमको संचालन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुडिकुवाका कृषि अधिकृत हेम शर्मा तिवारीले गर्नुभएको थियो । कार्यक्रममा जोन क्षेत्रका जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । सो परियोजना फलेवास नगरपालिका अन्र्तगत शंकरपोखरी, कार्कीनेटा, थापाथाना, खानीगाउँ, देविस्थान र मुडिकुवामा सञ्चालित छ ।