२१ असोज

पर्वत,जिल्ला प्रहरी कार्यालय पर्वतले जुवा खेलीरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार हिजो विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले कुस्मा नगरपालिका वडा नं. ५ कुमाल टोल स्थिल गुप्त वहादुर पुनको घरमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा कुश्मा नगरपालिका वडा न ५ का ५६ बर्षिय को गुप्त व पुन, मोदी गाउँपालिका वडा नं ४ का ३८ बर्षिय वुद्धि वहादुर पुन, फलेवास नगरपालिका वडा न ५ खानिगाउ वस्ने ३० बर्षिय दिनेश सुनार र जलजला गाउपालिका वडा न ९ वस्ने १९ बर्षिय सन्दिप पुन रहेका छन ।

उनिहरुको साथबाट नगद ७ हजार ९ सय २५ रुपैयाँ सहित ४ बुक तास समेत बरामद गरिएको छ । उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालय पर्वतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको छ ।