२० असोज
आन्नद आर्चरी क्लवले आयोजना गरेको तारा खेल प्रतियोगिताको उपाधि मगर म्याग्दी समाज पोखराले जितेको छ । दृतिय उपाधी रिभर साईड वेनी म्याग्दीले जितेको छ,भने तृतिय उपाधी अमरदिप पोखराले प्राप्त गरेको छ ।

उपाधि प्रदान गर्दै नगरप्रमुख रामचन्द्र जोशीले मुस्ताङमा मात्रै प्रख्यात यो तारा खेल पर्वतमा पनि विस्तार गर्दै लगेकोमा खुशी व्यक्त इक्त गरे । खेलकुद क्षेत्रमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वताए । उनले नगरपालिकाको तर्फवाट पनि ताराखेललाई निरन्तराता दिने वताए ।

प्रथम समुहले ४० हजार शिल्ड मेडल, दृतियले २५ हजार शिल्ड मेडल र तृतियले १५ हजार सहित शिल्ड मेडल प्राप्त गरेका छन् । यस्तै सो प्रतियोगितामा जितेन्द्र रोका र तजेन्द्र पुन वेस्ट खलाडी हुँदै उपाधि जितेका थिए ।