१९ असोज
काठमाडौँ- यसपालि दशैँमा मात्रै ५ दिन बैंकहरु बन्द हुने भएका छन्। सरकारले विदामा कटौती गरेको हुँदा बैंकहरुले पनि घट्स्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको विदा पाउने छैनन् ।
नेपाल राष्ट्र बैंकका अनुसार असोज ३० गते फुलपातीदेखि कातिक ३ गते एकादशीसम्म बैंकहरु बन्द हुनेछन्। यस भन्दा अगाडी बैंकक कर्मचारीहरुले घट्स्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको दिनमामा बिदा पाउँदै आएका थिए।
यस्तै तिहारमा तीन दिन बैंक बन्द हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। कातिक २१ गते लक्ष्मी पुजा, २२ गते गोबद्र्धन पुजा र २३ गते भाइटिकाका दिन बैंकहरु बन्द हुनेछन ।










