१८ असोज

काठमाडौं । काठमाडौं उपत्यकामै विषालु सर्प देखिन थालेका छन् । तराई क्षेत्रमा मात्रै सर्पले आतंकित बनाउने आम मानिसहरुको बुझाइ रहेको छ । तर, पछिल्लो समय काठमाडौं उपत्यकामा पनि विषालु सर्प भेटिने गरेको छ ।

सर्प दंशमा विरामीहरु उपचारका लागि काठमाडौंका अस्पतालमा जाने गरेका छन् । यही बेला एक भिडियो सार्वजनिक भएको छ ।काठमाडौंको काभ्रेस्थलीमा कैद गरिएको भनिएको सो भिडियोमा एउटा सर्पले अर्को सर्प निलिरहेको देखिन्छ ।

लामो कालो सर्पले अर्को सेता रंगको लामो नै सर्पलाई निलिरहेको भिडियोमा हेर्न सकिन्छ । उक्त सर्प विषालु रहेको स्थानीयहरुले बताए ।