१५ असोज
काठमाडौं– चितवनमा एक युवकले फेसबुक लाइभ गरेर आत्महत्या गरेका छन्।
चितवनको कालिका नगरपालिकाका २६ वर्षीय निश्चल तामाङले आइतबार राति फेसबुकमा लाइभपछि आत्महत्या गरेका हुन्। उनले राति साढे ९ बजेबाट लाइभ सुरु गरेर आत्महत्या घोषणा गरेका थिए। लाइभ फेसबुकका सयौं साथीले हेरे पनि उनलाई बचाउन सकेनन्।
राति साढे १ बजे निश्चलका बुवा जीवनले थाहा पाएर छोराको कोठामा पुग्दा उनको मृत्यु भइसकेको थियो।
मृतक निश्चल लागुऔषध दुर्व्यसनी भएको पाइएको छ। उनी सुधारगृहमा समेत बसेका थिए।
निश्चलको कोठामा रक्सीको बोतल समेत फेला परेको प्रहरीले जनाएको छ।









