११ असोज
दोलखा । विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेका हुन् । बलात्कृत भएको दाबी गर्दै ती किशोरले उजुर गर्नेबित्तिकै दुलही भित्राउने कार्यक्रममै प्रहरी पुगेको थियो । कार्यक्रम भइरहँदा दुलाहा शान्ति पक्राउ परेको छन् ।
संस्कारअनुसार केटाले भगाएर केटी ल्याएमा विधिपूर्वक घर भित्र्याउनु विवाहको एउटा चरण मानिन्छ । २३ बर्षीय शान्तिले एक महिनाअघि भगाएको केटीलाई भित्र्याउने प्रयासमा १६ बर्षीया किशोरीको उजुरीले विफल भएको छ ।
ती कशाेरीले आफूलाई विहेको प्रलोभनमा पारेर सान्तिले बलात्कार गरेको आरोप लगाएकी छन् । कक्षा १२ पढ्दै गरेकी किशोरीले सात कक्षामा अध्ययन गर्दादेखि नै शान्तिले विहे गर्ने आश्वासन दिँदै आएको बताएकी छन् । १२ कक्षा पढदै गरेकी किशोरीले सात कक्षामा अध्ययन गर्दादेखि नै शान्तिले बिहे गर्ने आश्वासन दिँदै आएको बताएकी छन् । ‘अर्की युवतीसँग बिहेको कुरा चल्न थालेपछि फोन सम्पर्क र भेट गर्न खोज्दा शान्ति टाढिँदै गए,’ किशोरीले बयानमा भनेकी छन् ।
शान्तिले बेवास्ता गर्न थालेपछि घातक बाटो अपनाउन खोजेकी अवस्थामा किशोरीलाई आफन्त र अधिकारकर्मीहरूले २० वर्ष नपुगी बिहे गर्न हुँदैन भन्दै सम्झाउँदै आएका थिए । कानुनले सानो उमेरको बिहेलाई बन्देज गरेकाले शान्ति विवाह गर्न टाढिएको हुन सक्ने भन्दै किशोरीले चित्त बुझाउँदै आएकी थिइन् । नाबालकमाथि यौनसम्पर्क गम्भीर बलात्कार अभियोग हुन्छ । त्यसैले शान्ति नाबालक बलात्कारको आरोपितसमेत बनेका छन् ।
विवाहको कार्यक्रमबीच पक्राउ परेका शान्तिका परिवारले आरोप झूटो र फसाउने नियत भएको दाबी गरेका छन् । शान्तिले एक महिनाअघि नै अर्को युवतीसँग भागीविवाह गरेको र दुलाहदुलहीलाई विधिपूर्वक घर भित्र्याउन लाग्दा पक्राउ गरिएको दु:खेसो पोखेका छन् ।
प्रनाउ पाठकका अनुसार निवेदक किशोरी बलात्कृत स्थल ललितपुरस्थित शान्तिको डेरा हो । पक्राउ परेका शान्तिलाई अनुसन्धानका लागि उक्त जिल्ला चलान गरिएको छ।
आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।









