संजय रेग्मी
अशोज ९, २०७५
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत मंगलबार फेरि २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोदी गाउँपालिका वडा नं. ३ का मिलन परियार र जलजला गाउँपालिका वडा नं. ९ का किरण पुर्जा मगर रहेका छन । परियारले बहु बिबाह गरेपछि जिल्ला अदालत पर्वतले गएको जेठ १४ गते ११ महिना ३ दिन कैद सजायँ सहित ५ हजार रुपैयाँ जरीवाना तोकेको थियो । यसैगरी, पक्राउ परेका अर्को फरार प्रतिवादी जलजलाका किरणलाई सवारी ज्यान मुद्धामा मुद्धा दायर भएको थियो । उनलाई जिल्ला अदालत पर्वतले २०६९ साल पुष ३ गते २ हजार रुपैयाँ जरीवाना तिराउन पैmसला सुनाएको थियो । उनीहरु दुवै जनालाई मंगलबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रबिन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । मिलन परियारलाई प्रहरी चौकी देउपुरवाट प्रहरी सहायक निरीक्षक भुवन वराम र किरण पुर्जालाई प्रहरी चौकी मिलनचोकवाट प्रहरी सहायक निरीक्षक कमल वस्यालको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरु दुवै जनालाई आज नै पर्वत जिल्ला अदालतमा बुझाईएको छ ।
यसअगाडि, हिजो पनि पर्वत प्रहरीले मोदी गाउँपालिकाबाट २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको थियो ।









