८ असोज
पर्वत जिल्लाको मोदि गाउंपालिका वडा न २ देउपूरका राजन नेपालीलार्इ वर्ष २२ की शान्ति नेपालीको मृत्यु भएको विषयमा पूर्पक्षका लागी थूनामा राख्ने आदेश भएको छ ।
गत भदौ १० गते श्रीमान् राजन नेपालीले श्रीमती शान्ति नेपाली झुण्डीएर आत्महत्या गरेको जानकारी प्रहरी कार्यालयमा गराएका थिए । तर उनलाई माईती पक्षकी आमा रुपा नेपालीले कर्तव्य ज्यान गरि मारेको आरोप सहित उजूरी दिएकी थिईन । श्रीमान राजन नेपाली र सासू फूलमती नेपालीलाई प्रतिवादी वनाई दिएको निवेदनको आधारमा राजन नेपाली र निजकी आमा फूलमती नेपालीलाई अनुसन्धानका लागी नियन्त्रणमा लिई पर्वत जिल्ला अदालतमा मुद्धा दायर गरिएको थियो ।
जिल्ला अदालत पर्वतको आज भएको आदेशले मृतककी सासू फुलमति नेपालीलाई साधारण तारेखमा र श्रीमान राजन नेपालीलाई पुर्पक्षको लागी जिल्ला कारागार पर्वत पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।