८ असोज
काठमाडौं । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा निधन भएको छ । उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ ।
तेजाबले सम्झनाको अनुहारसहित शरिरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरा मुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको सहयोगदाता समाजसेवी देबेन्द्र अर्यालले जानकारी दिनु भएको छ |निराश हुदै अर्यालले भने हामि उपचार नपाएर मर्न नपरोस भनेर सहयोग जुटाउने क्रममा नै थियौ तर उनलाई बचाउन सकिएन |









