शिशिर शर्मा पौडेल एक विद्यार्थी नेता हुन् । नेपाली काँग्रेसको इतिहाँसमा उनको नाम निकै चर्चित छ । नेपाल विद्यार्थी संघ नारायण मा.विको सहसचिव हुँदै उनले २०६५ सालदेखी राजनितिक यात्रा शुरु गरेका पौडेल हाल नेवि संघका गुप्तेश्वर बहुमुखी क्याम्पसका ईकाई सभापति हुन् । भने, नेवि संघ जिल्ला कार्य समिति पर्वतका सदस्य हुन् । विद्यार्थी राजनिति सँगै उनी रामजिक क्षेत्रमा समेत क्रियाशिल रहँदै आएका छन् । पौडेलले मृगौला पीडित,रक्त क्यान्सर पीडित लगयात दुर्गमका दर्जनौ विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गदै आएका छन् । राजनितिक सँगै सामजिक क्षेत्रमा क्रियाशिल हुँदै आएका पौडेलले नेपाल विद्यार्थी संघको आगमी निर्वाचनमा अध्यक्ष पदको मुख्य दावेदारको रुपमा प्रस्तुत भएका छन् । यसै विषयमा सबैको अनलाईनसँग गरिएको कुराकानी ।

नेपाल विद्यार्थी संघलाई कसरी परिभाषित गर्नुहुन्छ ?
नेपाल विद्यार्थी संघ नेपाली काँग्रेसको भातृ संघ हो । जसलाई नेपाली काँग्रेसको नैसरीका रुपमा हेरिन्छ । हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो । तबत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा गरिएको थियो । वि सं २०१५ सालको आम निर्वाचनमा पनि नेपाली काँग्रेसलाई दुई तिहाई बहुमतको पार्टी बनाउन र २०१४ सालमा जनतालाई राणाहरूको क्रु शासनको अन्त्य गराउन पनि तात्कालिन समयमा प्राजातान्त्रिक विद्यार्थीहरूको भूमिका अहम् रहेको देखिन्छ ।नेपाल विद्यार्थी संघ नेपाली विद्यार्थीहरुको साझा संगठन हो । विश्वको जुनसुकै ठाउँमा भएपनि यदि नेपाली हो भने र विद्यार्थी हो भने नेपाल विद्यार्थी संघको सदस्य वन्न पाउछ । ने.वि. संघ सदस्यको वस्तुगत र वास्तविक पहिचान भनेको विद्यार्थी हो । साथै अन्य पहिचानहरु प्रजातान्त्रिक समाजवादमा विश्वास हुनुपर्ने, जुझारु, लोकतान्त्रिक चरित्र र अनुशासन हुन् ।

तपाई नेवि संघमा लागेपछि कस्ता कस्ता काम गर्नुभयो ?
म नेपाल विद्यार्थी संघको सदस्यता लिएपछि सर्वप्रथम विद्यार्थीको हकहितमै केन्द्रित भएँ । नेपाल विद्यार्थी संघका गतिविधीलाई विद्यालय देखी क्याम्पस हुँदै जिल्लामा समेत विभिन्न कामहरु गदै संगठनलाइृ चलयमान गराउँदै आएको छु । पाटीका विभिन्न क्रियाकलापमा संलग्न हुँदै आएको छु । संगठन विस्तार देखी विभिन्न शैक्षिक गतिविधीमा समेत आफ्नो सक्रियता प्रस्तुत गरेको छु । मैले कुर्धाका एकै परिवारका चार जना मृगौला पीडितलाई ५० हजार सहयोग गरेको छु । त्यस्तै रक्त क्यान्सर पीडित आर्थरका अर्जुन गौत्तमलाई ४८ हजार सहयोग गरे । दुर्गमका सामुदायिक विद्यालयमा पुगेर त्यहाँका अति विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छु ।, जसका कारण आज बालबालिकाहरुले सहज रुपमा अध्ययन गरेका छन् । त्यस्तै जिल्लाको जलजला गाउँँपालिका–, फलेवास नगरपालिका भित्रका अति विपन्न, गरिव दलित लगायत आर्थिक अवस्थाले कमजोर भएका जुन विद्यालय जान नसक्ने स्थितीमा रहेका बालबालिकालाई बर्षभरि पुग्ने शैक्षिक सामग्री वितरण गरेको छु । साथै गुप्तेश्वर क्याम्पसमा विभिन्न खेलकुद, साँस्कृति कार्यक्रम लगायत विद्याथीहरुको शैक्षिक गतिविधीलाई टेवा पुग्ने काम गरेको छु । लगायत जिल्लाका धार्मिक तथा साँस्कृति विषयले महत्वपूर्ण मानिने स्थानहरुको विकास र प्रर्वद्धनमा सहयोग पु¥याएको छु ।

नेवि संघको अधिवेशन नजिकिदै, महाधिवेशन हुने सम्भावना देख्नु भएको छ ?
नेपाल विद्यार्थी संघको महाधिवेशन निश्चित रुपमा हुँन्छ । महाधिवेशन विद्यार्थीको चाहाना भन्दा पनि आवश्यता हो । महाधिवेशन आम विद्यार्थीका शैक्षिक सवालहरु मात्रै होइन, मुलुकमा सिंगो जनजिविकाका सवालहरु संकटमा परिरहेका छन् । यो बेला हामीले सरकारलाई सशक्त रुपमा खबरदारी गर्नुपर्नेछ । त्यस्तै अर्को्तिर पार्टीलाई लोकतन्त्रका पक्षमा दृढ बनाउन र समृद्ध राष्ट्र निर्माणको भूमिकामा उभ्याउन सशक्त नेविसंघ आवश्यक छ । महाधिवेशनबाट संगठनको मूल नेतृत्व वा पार्टी नेतृत्व कोही पनि यो वा त्यो बहानामा भाग्न मिल्दैन । त्यसैले आगामी मंसिर ३ गतेभित्र नेविसंघको केन्द्रिय महाधिवेशन सम्पन्न हुनुको विकल्प छैन ।

अबको महाधिवेशनमा तपाईँको उम्मेदवारी के मा ?
मलाई साथीहरूले पत्याएको र साथीहरूको रोजाईमा परेको संगठनमा आफूले गरेको योगदान र आफ्नो क्षमताको आधारमा म सभापतिको लागि आकांक्षी छु

नेवि संघ पर्वतमा अध्यक्ष पदका आकांक्षीहरू धेरै छन् । अरूको भन्दा कस्तो भिन्नता छ आफूसँग भन्ने लाग्छ ?
नेपाल विद्यार्थी संघको अधिवेशन नजिकिदै छ । पर्वतमा धेरैसाथीहरू यसका आकांक्षी बन्नुभएको छ । यो स्वभाविक पनि छ किनभने लामो समयसम्म आफ्नो क्षमता पोख्न नपाएका हामीहरू अध्यक्षको लागि आकांक्षी बन्नुमा मैले कुनै नौलोपना देखेको छैन । एउटा संगठनमा काम गरेपछि हामी अध्यक्ष बन्ने आकांक्षा सबैले राख्नु स्वभाविकै पनि छ । तर, म चाहिँ अरू मध्ये पनि आफूलाई स्वभाविक किन मान्छु भने म विद्यार्थीहरूको अंकल पुस्ताको होइन दाइ पुस्ताको मान्छे हुँ । त्यसैले पनि मेरो उम्मेदवारी एक हिसावले स्वभाविक मान्न सकिन्छ। अर्को कुरा त मेरो संघर्षशीलता र इमान्दारिताको राम्रो लेखाजोखा सबै साथीहरूले गरेका छन् । त्यसैले मेरो उम्मेदवारी अरूको भन्दा भिन्न रहेको छ । र साथीहरूले यसै कारणले गर्दा पनि मलाई सहयोग गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।

तपाईँको उम्मेदवारी अन्तिम समयसम्मको लागि हो कि वार्गे्निङ गरेर बीचैमा छोड्नुहुन्छ ?
म कुनै वार्गे्निङ गर्नको लागि उम्मेदवारीको नाटक गर्ने मान्छे होइन । म लोमो समय देश दौडाहमा पुगेर फर्किँदा मैले साथीहरूको मानसिकता बुझ्दा मलाई झनै बढी उत्साह थपिएको छ। मेरो पक्षमा कति धेरै साथीहरूको रूची र संलग्नता रहेको छ भन्ने देखेपछि त मेरो जित नै सुनिश्चित जस्तै भईसकेको छ । फिर्ता को त कुरै छाडौ । बरू हार्नु कुनै ठूलो कुरा होईन । तर अध्यक्षमा उम्मेदवारी दिन्छु भनेर उपाध्यक्ष सचिवको उम्मेदवारी दिने काम मबाट हुँदैन । म चाहिँ अरू मध्ये पनि आफूलाई स्वभाविक किन मान्छु भने म विद्यार्थीहरूको अंकल पुस्ताको होइन दाइ पुस्ताको मान्छे हुँ । त्यसैले पनि मेरो उम्मेदवारी एक हिसावले स्वभाविक हो ।

तपाईँ अध्यक्षमा उम्मेदवारी दिँदै गर्दा तपाईका जित्ने आधारहरू के–के छन् ?
एउटा त म विद्यार्थीहरूसँग उनीहरूको सबै दुख सुखमा भिजेर हिँडेको मान्छे । त्यसैले पनि विद्यार्थी राजनीतिमा मेरो जित्ने आधार बलियो रहेको छ । त्यस्तै दोस्रो कुरा त शैक्षिक योग्यताको कुरामा पनि म क्यापेबल रहेको छु। मेरो त मान्यता के छ भने विद्यार्थी राजनीति गर्ने भनेको एकेडेमिक मान्छेले मात्रै हो । त्यो बाहेकका मान्छेले विद्यार्थी राजनीति होइन अन्य क्षेत्रमा पनि राजनीति गर्न गए हुन्छ । तर विद्यार्थी राजनीतिको लागि आवश्यक पर्ने शिक्षित पृष्ठभूमि मसँग रहेको छ यस्तै कारणले पनि मेरा जित्ने आधारहरू धेरै रहेका छन् ।
नेवि संघको अधिवेशन निर्वाचन भन्दा पनि टीका लगाएर नेतृत्व छान्ने प्रयास भईरहेको छ भन्ने पनि सुनिन्छ । यस्तो हुनलाग्यो भने तपाईहरू के गर्नुहुन्छ ?
नेपाल विद्यार्थी संघमाथि पार्टीको कुनैपनि किसिमको हस्तक्षेप हामीलाई स्वीकार्य छैन । हामी अब टीके प्रथाबाट नेतृत्व चुन्न सक्दैनौं र त्यो स्वीकार्न पनि सक्दैनौं । जिल्लामा काँग्रेसका गतिविधी घट्दो क्रममा छ । यस्तो भयो भने नेविसंघ पर्वत झनै दूर्घटना्रस्त हुन्छ । विद्यार्थीको नेता विद्यार्थीले नै छान्न पाउनुपर्छ । हामीलाई टीके प्रथाको स्वीकार्यता यदि यस्तो हुन्छ भने हामी यसको विद्रोहमा उत्रिन्छौं। टीकाटाला गर्छ र महाधिवेशन भाँड्छ कसैले भने भोलि समानान्तर नेविसंघ नै चलाउनुपर्छ भने पनि हामी तयार छौं। तर यस्तो प्रवृत्ति हामीमा किमार्थ स्वीकार्य छैन । अहिलेको अलिकति अफ्ठ्यारो परिस्थिती भएपनि निर्वाचनबाट नै महाधिवेशन टुङ्गोमा पु¥याउनु पर्छ । धेरै साथीहरूले नेविसंघ यस्तो उस्तो, नयाँ बनाउनुपर्छ भनेर कुरा ल्याउनुहुन्छ। तर म त के भन्छु भने नेविसंघ पुरानो बनाउनु पर्छ तर इमान्दार बनाउनु पर्छ भन्ने हो । स्थापनाकालमा जुन प्रेम सद्भाव, संघर्ष थियो त्यही खालको जस्तो नेविसंघ अहिलेको आवश्यकता हो । नेविसंघलाई नयाँ बनाउनुपर्ने बहानामा नेविसंघको विकास होइन विनास भईरहेको छ । मैले यदी नेतृत्व पाएँ भने यसलाई म रोक्छु ।