७ असोज
सरकारले सबै ‘पोर्न साईट’ बन्द गराउने भएको छ । समाजमा विभिन्न खालका अपराधमा वृद्धि भएको भन्दै सरकारले सबै पोर्न साईट बन्द गराउने कडा निर्देशन समेत जारी गरेको छ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले सबै पोर्न साइटहरु बन्द गर्न निर्देशन दिएका छन् ।

पछिल्लो समय विभिन्न जिल्लामा बलात्कारका घटनामा बृद्धि हुनुमा पोर्न साइट पनि एउटा कारक हुन सक्ने मन्त्रालयको निष्कर्ष समेत रहेको छ ।

विहीबारमात्र बर्दियामा एक १० बर्षे बालकले ७ बर्षीया बालिकालाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो। यो घटनापछि मन्त्रालय सम्बेदनशील देखिएको हो।

उक्त घटना सार्वजनिक भएको भोलिपल्टै मन्त्री बास्कोटाले पोर्न साइटहरु बन्द गर्ने निर्देशन समेत दिएका छन् ।