असोज ५
रोशन तिवारी पर्वत । नेपाल जेसिजको क्षेत्र ‘ख’ सम्मेलन पर्वतको कुश्मामा आज वाट शुरु हुँदैछ । सम्मेलनमा नेपाल जेसिजको क्षेत्र ‘ख’ अन्र्तगतका ३२ शाखाका पदाधिकारीहरु तथा नेपाल जेसिज अन्र्तगत अन्य शाखाहरुका सदस्यहरुको पनि सहभागिता रहने पर्वत जेसिजले जानकारी दिएको छ ।

सबै शाखा र नेपाल जेसिजका पदाधिकारी समेत गरि १ हजार भन्दा बढी सदस्यहरुले भाग लिने बिश्वास लिइएको नेपाल जेसिजका पुर्व उपाध्यक्ष तथा सम्मेलन निर्देशक बसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो । शुक्रवार आज र भोली शनिवार हुने सम्मेलनको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उद्घाटन गर्दै हुनुहुन्छ । सहभागीहरुलाई पर्वतको कुस्मा, बागलुङ्ग र म्याग्दीमा समेत आवासको ब्यबस्थापन गरिएको छ ।

क्षेत्र ‘ख’ सम्मेलन यसक्षेत्रको पर्यटन प्रवर्दन, आगामी संभावनाहरुको खोजी र पर्वत चिनाउने माध्यमको रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । पर्वतका ग्रामिण होमस्टेहरुमा समेत पाहुनाहरुलाई पुराएर पर्वतमा होमस्टेहरुको विकास गर्ने पनि जनाइएको छ ।

नेपालकै अग्ला पुल, कालिगण्डकी नदीको मनोरम, गुप्तेश्वर, अल्पेश्वर गुफा, मोदीबेनी, यहाँका डाँडाकाँडाको अवलोकन जस्ता प्याकेज समेत बनाएर पाहुनाहरुलाई पर्वतको संभावना र चिनारी प्रस्तुत गर्ने कार्यक्रम रहेको जेसिज महासचिव विनोद आचार्यले बताउनुभएको छ । नेपालको ब्यबसायिक र सामाजिक क्षेत्रका अगुवा युवा र अग्रहहरुको भ्रमणले पर्यटनको क्षेत्रमा ठुलो फाइदा पुग्ने आचार्यले वताउनुभयो ।

मुस्ताङ्ग भ्रमण गर्ने उपयुक्त मौसम भएकाले म्यादी देखि मुस्ताङ्ग जानका लागि प्याकेज बनाउने तथा बेनीबाट सवारीको साधनको ब्यबस्थापन गर्ने तयारी पनि रहेको जेसिजका पुर्व उपाध्यक्ष तथा सम्मेलनका आर्थिक सहनिर्देशक बिषमकुमार श्रेष्ठले जानकारी दिनुभयो । पर्वतमा नेपालभरका जेसिज अगुवा र सदस्यहरु आउने भएकाले पर्वतको सँस्कृति, परिकार र उत्पादनहरुको प्रर्बद्धन गर्न समेत कार्यक्रम बनाइएको छ ।

स्थानिय उत्पादनहरुको स्टल बनाउने तथा साँस्कृतिक झलकहरु देखाउन स्थानिय सामाजिक संस्थाहरु संग समन्वय गरिएको छ । जेसिज सम्मेलनलाई महत्वका साथ लिएर सुरक्षाको व्यवस्था, आवातजावतको व्यवस्था, रहनसहनलाई व्यवस्थित बनाउन तत् तत् निकायले सजगता अपनाएका छन्