५ असोज
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआको प्रमुख आयुक्तमा सर्वम्मत अनुमोदन भएका नवीन घिमिरे पूर्व नेपाल सरकारको निजामति सेवाबाट अवकाश भएका व्यक्ति हुन् । संवैधानिक परिषदको २०७१ फागुन १५ को निर्णयबाट आयुक्त सिफारिस भएका घिमिरे त्यही वर्ष चैतमा आयुक्त नियुक्त भए ।
२०१२ भदौं २९ बुधबार जन्मिएका घिमिरे अहिले काठमाडौको सिफलमा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट उनले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । उनको व्यवसायिक क्षेत्र नै जन प्रशासन, विकास र सुरक्षा प्रबन्ध हो । उनी दूई पटक सिडिओ भएर काम गरे । उदयपुर र पर्सामा उनले स्थानीय प्रशासन चलाए । उनी स्थानीय विकास अधिकारी पनि भएका छन् । थुप्रै विभागमा निर्देशक, महानिर्देशक र थुप्रैमन्त्रालयमा सहसचिव हुँदै सचिवको रुपमा समेत काम गरे । घिमिरे पूर्वगृह सचिव पनि हुन् ।
सेवानिवृत्त हुनु अघि उनले विन्दा भिन्दै १७ सरकारी निकायमा काम गरे । देश विदेशमा गरी २२ वटा भन्दा बढि तालिम तथा सेमिनारमा सहभागि भएका छन्, उनी । सेवा निवृत्त हुनुअघि सन् २०१३ भित्रै उनले उनले होण्डुरस, फिनल्याण्ड, पिलिपिन्स, बेलायत, जर्मनी, जापान, फ्रान्स, स्विट्जरल्याण्ड, अष्ट्रेलिया, मेलेसिया र थाइल्याण्ड भ्रमण पूरा गरे । उनले धेरै पटक नेपाल भारत गृहसचिवस्तरीय बैठकमा सहभागि भएका छन् भने, विदेशमा भएका थुप्रै सम्मेलनमा भाग लिएका छन् ।









