२ असोज
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट केही ढिला गरी छाप्ने भएको छ । यसपाली दशैं पनि केही ढिला नै परेको हुनाले राष्ट्र बैंकले नोट छाप्न पनि केही ढिला हुने बताएको छ ।

नोट छाप्ने तयारीका विषयमा राष्ट्र बैंकले आन्तरिक तयारी गरिरहेको भएपनि केकति छाप्ने भन्ने निर्णय भने भइनसकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले केकति छाप्ने र कहिलेदेखि वितरण हुन बाँकी भएपनि गतवर्षकै हाराहारीमा नोट छापिने बताए ।

गतवर्ष ४० अर्ब रुपैयाँका नयाँ नोट छापिएका थिए । उनले अबको २/३ दिन नोट छाप्ने र कहिले वितरण गर्ने बारे टुँगो लाग्ने बताए ।