असोज २
पर्वत । जिल्ला अस्पताल पर्वतमा १ बर्षपछि नयाँ एम्बुलेन्स भित्रीएको छ । एम्बुलेन्स नहुँदा यहाँका सार्वसाधारण अकस्मिक उपचार सेवाका लागि एम्बुलेन्स सुविधा नपाउँदा मर्कामा परेका थिए ।
अस्पतालले एम्बुलेन्स मर्मतसम्भार गरेर सञ्चालनमा गर्न तत्परता नदेखाउँदा यस भेगका विपन्न नागरिक चर्को मुल्यमा निजी एम्बुलेन्स लिएर अस्पताल पुग्नुपर्ने बाध्यता थियो । अस्पतालमा एम्बुलेन्स भित्रिएसँगै जिल्लाका वासिन्दा लाभान्वित हुनेछन् । रु २३ लाख मुल्यको उक्त एम्बुलेन्सस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलव्ध गराएको अस्पतालका प्रमुख ईन्चार्ज सजिना महर्जनलाई पर्वत नेपाललाई जानकारी दिनुभयो ।
सोमवार कुस्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले एम्बुलेन्सको चावी अस्पतालका प्रमुख ईन्चार्ज सजिना महर्जनलाई हस्तान्तरण गर्नुभएको छ । एम्वुलेन्स नहुँदा भएको सास्ती अव हट्ने विश्वास लिइएको छ । एम्बुलेन्स हस्तान्तरण गर्दै कुस्माका मेयर रामचन्द्र जोशीले पर्वतका स्थानिय वासिन्दाहरु अब अस्पताल सम्म बिरामी ल्याउनका लागि कुनैपनि खालका समस्या खेप्नु नपर्ने वताउनुभयो । उहाँले यसको सहि सदुपयोग गर्दै २४ सौं घण्टा सञ्चालन गर्नुपर्ने समेत बताउनुभएको छ ।
जिल्ला अस्पतालमा एम्बुलेन्स नहुँदा आर्थिक अवस्था कम्जोर भएका बिरामीहरुले सहज रुपमा उपचार सेवा पाउँनवाट बञ्चित हुनु परेको गुनासो कायम छ । यस्तै,जिल्ला अस्पताल पर्वतको सेवामा समेत गुणस्तरीयता कायमा गर्नेतर्फ अस्पतालले समेत ध्यानदिनुपर्ने लगायतका गुनासाहरु उत्पन्न भएका थिए ।
आगामी हप्तामै जिल्ला अस्पतालले उक्त एम्बुलेन्स संचालन गर्न ५ सदस्य समिति गठन गर्ने छ । समितिमा नगरापालिकाका प्रतिनिधी,उद्योग वाणिज्य संघका प्रतिनिधी सहितले हालको पुरानो एम्बुलेन्स मर्मत गर्दै अर्को व्यवस्था गर्ने भएको छ । सामाजिक विकास समितिका संयोजक शिव प्रसाद शर्माले एम्बुलेन्स सेवा शुल्क समेत न्यून लिएर आर्जित रकम भने यसको मर्मत सम्भारमा खर्च गर्ने बताउनुभयो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमूख जिल्ला अधिकारी गुरुदत्त ढकाल,कुश्मा ५ का वडाध्यक्ष चित्रकला शर्मा‘भारती’सहित कुस्मा नगरपालिका स्वास्थय सेवाका संयोजक उमाकान्त सापकोटा लगायतले वोलेका थिए ।









