१ असोज
बाग्लुङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बडीगाड गाउँपालिका भीमगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमाना तुरतुरेस्थित ठूलो भर्‍याङमा पहिरो जाँदा अर्घाखाँचीकी ३५ वर्षकी बिबिरन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा व्यवसाय गर्ने खातुन अर्घाखाँचीतर्फ आउँदै गर्दा पहिरोमा पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । गत शुक्रबार रातिदेखि खस्न थालेको पहिरो अझै रोकिएको छैन । उक्त सडकको विकल्प नभएकाले मानिसहरु सोही पहिरो खसेको ठाउँबाट बुर्तिबाङदेखि भीमगिठे ओहोरदोहोर गरिरहेका छन् ।