१ असोज
काठमाडौं । संघीय समाजवादी फोरम नेपालले असोज ३ गते मनाइने संविधान दिवसको विरोध नगर्ने भएको छ ।
सरकारमै बसेर फोरमले संविधानको विरोधको नाटक नगर्ने र सरकारसंग संविधान संशोधनको सहमति भइसकेकाले कालो दिवस मनाउने जस्ता कार्यक्रम नभएको र पार्टीले तत्काल कुनै निर्णय नगरेको हुँदा त्यस्ता खाले कार्यक्रमहरुमा सहभागी नहुने र यस सम्बन्धमा अन्य कुनै भ्रममा नपर्नसमेत आग्रह गरेको छ ।
फोरमले विज्ञप्ति जारी गर्दैै संविधानसभाबाट जारी गराइएको नेपालको संविधानप्रति आफूहरुको असहमति, विरोध र फरक धारणा यथावत् नै छ भनिएको छ ।









