१ असोज
पर्वत । प्रतिनिधि सभामा पर्वत जिल्लाबाट विजयी भएका सांसद पदम गिरीले जनतासंग प्रत्यक्ष सम्पर्कमा रहन पर्वतको कुश्मामा सम्पर्क कार्यालय स्थापना गरेका छन । सांसद गिरीले एक कार्यक्रमको आयोजना गरी आइतबार पर्वतको कुश्मा बजार स्थित धनेश्वर चोकमा आफ्नो सम्पर्क कार्यालयको औपचारिका शुभारम्भ गरेका हुन ।
तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका गिरीले एक औपचारिक कार्यक्रमको आयोजना गरी आफ्नो सम्पर्क कार्यालयको शुभारम्भ गरिएको जानकारी गराए । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी प्रमुख भूवनेश्रवर तिवारी, तथा विभिन्न वडाका वडाअध्यक्षहरु तथा अन्य सर्वसाधरणहरुलाई भेला गरी कार्यालय शुभारम्भ गरिएको गिरीले जानकारी गराएका हुन ।
उक्त अवसरमा संक्षिप्त मन्तब्य ब्यक्त गर्दै जननिर्वाचित जनप्रतिनिधि सवैका साझा भएकाले साझा कार्यालयमा आएर आफ्ना सवै खालका दुःख सुखका अनुभवहरु साटासाट गर्न र आफूलाई सुझाब दिन सम्पर्क कार्यालयमा सवै पाटीमा आस्थावान कार्यकर्तालाई उनले अनुरोध गरे ।
कार्यक्रममा बोल्दै जिल्लाबासीको अदाग माया आफूले पाएको स्मरण गर्दै आफूले पर्वतबासीको शिर ननिहुरीने गरी काम गर्ने प्रतिबद्धता समेत दोहेराए । सांसद गिरीले सांसदको हैसियतमा पर्वत जिल्लाका लागि गर्न सकिने सवै खालका विकास निर्माणका योजनाहरुमा आफ्नो भूमिका रहने वताउँदै आफू साझा ब्यक्ति भएकाले कार्यालय पनि सवैको साझा संस्था रहेको दोहोराए । सम्पर्क कार्यालय शुभारम्भ कार्यक्रमको सञ्चालन नेपाल कम्युनिष्ट पार्टीका नेता गोविन्द पहाडीले गरेका थिए ।