३१ भदौ
काठमाडौं। यहि भदौ २८ गते बालदिवस अवसरमा सुखी नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने मुल नाराका साथ बाल एकरुपता अभियान मञ्चले कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय बाल दिवस २०७५ को अवसरमा बाल एकरुपता मञ्चले विभिन्न बालअधिकार सम्बन्धि काम गर्ने संघसंस्था लगाएत बाल अधिकार कर्मीहरु सँगसँगै विभिन्न संघसंस्थाका बालबालिकाको शैक्षिक स्तरलाई लिएर अन्तरकृया कार्यक्रम गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि भद्रकुमारी घलेले वालवालिका भविश्यका कर्णधार भएकाले उनिहरुलार्इ सहि मार्गदर्शन गर्नु नै आजको आवश्यकता भएको वताउनू भयो । कार्यक्रममा मानवअधिकार कर्मिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । सबै उपस्थित अधिकारकर्मीहरुले बालिकामाथी भएको बलत्कारको घटनालाई लिएर सरकारको गम्भिर ध्यानआकर्षण गरेका थिए ।

कार्यक्रमको अन्त्यमा बाल एकरुपता अभियान मञ्चकी अध्यक्ष बि माया तामाङले हामिलाई विभिन्न ठाउँबाट सहयोग गर्ने सम्पुर्ण सहयोगीदाताहरुलाई धन्यवाद दिँदै अझ पनि हामीलाई तपाईहरुको सहयोगको जरुरत छ भन्दै सम्पुर्ण समाजसेवी,व्यापारी लगाएत सहयोगी दातालाई धन्यवाद ज्ञापन गरेकी थिईन।