३१ भदौ
पर्वत । कञ्चनपुरकी बालिका १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि सरकारले अपराधि पत्ता लगाउन नसकेको बिरोधमा आज पर्वतमा पनि सरकार बिरुद्ध नारावाजी सहित जुलुश प्रदशन गरिएको छ । सदरमुकाम कुश्मा बजारमा रहेका स्थानीयले कसैको आयोजना बिना नै स्वतस्पूmर्त रुपमा जुलुश निकालेका हुन ।
कुश्माको बडागाउँबाट शुरु भएको जुलुश बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा आईपुगेको थियो । जुलुशमा सहभागी भएकाहरुले निर्मला पन्तको अपराधि समात्न नसक्नु सरकारको कमजोरी रहेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका थियो ।

प्रदर्शनमा जिल्लामा रहेका मानव अधिकारकर्मी, पत्रकार, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, बिभिन्न विद्यार्थी संगठन तथा सर्वसाधारण गरी सयौँ जनाको सहभागिता रहेको थियो । निधारमा कालो पट्टी सहित विभिन्न प्लेकार्ड बोकेर उनिहरु प्रदर्शनमा उत्रिएका हुन। सरकारले हत्यारा पत्ता लगाउन चासो नदिएका कारण प्रमुख जिल्ला अधिकारी मार्पmत गृहमन्त्रालयमा दवाव सिर्जना गर्नको लागि नाराबाजी सहित प्रशासन कार्यालयमा जुलुश प्रदर्शन गरिएको उनीहरुको भनाई थियो ।
बिरोधकर्ताहरुले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल मार्पmत सरकारलाई ज्ञापनपत्र पनि पठाएका छन । प्रदर्शनमा सहभागी भएकाहरुले महिला हिंसा बन्द हुनुपर्ने, निर्मला पन्तका हत्यारालाई कारबाही हुनुपर्ने, बलत्कारीलाई फाँसी दिनुपर्ने लगायतका नारा लगाएका थिए ।