२४ भदौ
रोल्पा। सत्ताको आडमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रोल्पाको सुलिचौरमा गोली प्रहार गरी नेपाल तरुण दल रोल्पा नगरका सभापति रोहित पुनको हत्या गरेका छन्। उनीमाथि सुनिल स्मृति गाउँपालिकाको सुलिचौर प्रहरी चौकीदेखि अगाडि रहको स्थानमा तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता देव भन्ने देवबहादुर घर्तीले गोली हानी हत्या गरेका हुन्।

गोली हान्ने उर्जा मन्त्री वर्षमान पुनका नजिको मान्छेले भन्ने बुझिएको छ। घटना इलाका कार्यालयदेखि १५ मिटर नजिक होटल रेस्ट प्वाइन्ट रेष्टुरेन्टमा भएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार पुनको छातीमा दुई र बायाँ कोखामा एउटा गोली लागेको थियो। उनको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले जनाएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले गोली कसले हानेको यकीन नभए पनि एकजनालाई पक्राउ गरिएको जनाएका छन्।

यसैबीच नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पुनको हत्या गरेको भनी भर्सना गरेका छन्। उनले विज्ञप्ति जारी गरेर हत्यारालाई कडा कार्वाही गर्न माग गरेका छन्।

प्रेस बिज्ञपति
आज दिउँसो रोल्पा जिल्ला स्थित सुलिचौर बजारमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता देब घर्ती लगायत हतियारधारी समुहले नेपाल तरुण दल रोल्पा नगरपालिका अध्यक्ष रोहित पुन माथी निर्मम तरिकाले गोलि प्रहार गरि हत्या गरेका छन। इलाका प्रहरी कार्यलयबाट पन्ध्र मिटर दुरीमा मात्र रहेको घटनास्थल सुलिचौरमा कम्युनिस्ट सरकारको आडमा सत्ताधारी पार्टीका कार्यकर्ताले कानुन आफ्नो हातमा लियर आपराधिक र आतंककारी शैलीमा गरिएको यो जघन्य हत्याको नेपाल तरुण दल घोर भ्रत्सना गर्दछ।

सत्ताको आडमा गरिएको यो आपराधीक घटनाको हत्याराहरुलाइ तत्काल कडा भन्दा कडा कार्बाहिको जोडदार माग गर्दछ। यो आततायी, दुखद र असयै घटनाले हामिलाइ स्तब्ध र आक्रोशित बनायको छ। नेपाल तरुण दल यो नालयक सरकारलाई जनताको जिउ धनको सुरक्षा र अपराधीलाई संरक्षण गर्ने बाटोमा नलाग्न चेतावनी दिन चाहन्छ। अन्यथा यो सर्बसत्ताबादी सरकारको बिरोधमा आन्दोलनको आधिबेरी सिर्जना गर्न तरुण दल बाध्य हुनेछ। जयनेपाल

भुपेन्द्र जंग शाही
महासचिव
नेपाल तरुण दल