२२ भदौ
रोटरी इन्टरनेशनल, रोटरी डिष्टिक, ३२९२ नेपाल भुटान अन्र्तगत स्थापित रोटरी क्लव अफ पर्वतको डिष्ट्रिक गर्भनर अफिसियल क्लव भिजिट कार्यक्रम शुक्रवार पर्वत सदरमुकाम कुश्मामा सम्पन्न भएको छ । विश्वकै सवैभन्दा पुरानो सेवामुलक संस्था रोटरी इन्टरनेशनल, डिष्ट्रिक ३२९२ नेपाल–भुटानका डिष्ट्रिक गर्भनर रोटरीयन चिन्तामणी भट्टराईको वार्षिक कार्ययोजना अनुरुप सो कार्यक्रम आयोजना गरिएको हो । डिजि भिजिट कार्यक्रममा भट्टराईको प्रमुख आतिथ्यतामा रोटरी क्लव अफ पर्वतको चौंथो क्लव एसेम्वली तथा ४६९औं साप्तहिक वैठक समेत सम्पन्न भएका छन् ।

क्लवका वर्ष २०१८\१९ का अध्यक्ष सावित्री खत्री क्षेत्रीको अध्यक्षतामा सञ्चालित क्लवको चौंथौ एसेम्वलीमा क्लवका एडमिन चियर नवराज शर्मा, सर्भिस प्रोजेक्ट चियर हिम वहादुर पौडेल, मेम्वरसीय चियर द्रोणराज पौडेल, रोटरी फाउण्डेशन चियर नवराज भण्डारी र पव्लिक रिलेसन चियर योगराज गिरी लगायतले आआफ्नो कमिटीको हालसम्मको गतिविधी र भावि कार्यक्रमको प्रस्तुतीकरण गर्नु भएको थियो ।

रोटरी परम्परा अनुसार डिष्ट्रिक गर्भनरले सञ्चालन गर्नु भएको क्लवको चौंथो एसेम्वलीमा सवै कमिटी चियरको प्रगति प्रस्तुती पश्चात वोल्नु हुँदै प्रमुख अतिथि, डिष्ट्रिक गर्भनर भट्टराईले स्वार्थ भन्दा माथि सेवा भन्ने मुल आर्दश वोकेको रोटरीले विश्ववाट पोलियो उन्मुलन गरेको वताउनु हुँदै अव निरक्षरता उन्मुलन तर्फ केन्द्रित रहेको वताउनु भयो । रोटरीले विश्वभर शिक्षा, स्वास्थ्य, खानेपानी, गरिवी र प्राकृतिक विपत्ती लगायतका मानवीय सेवामा अरवौं स्रोत खर्चेको वताउनु हुँदै रोटरी पाउनको लागि होईन, समाजका दिनदुखीलाई सेवा र सहयोग गर्नका लागि स्थापना भएको वताउनु भयो । रोटरीमा प्रशस्त अन्र्तराष्ट्रिय अवसरहरु विद्यमान भएकाले क्लवको क्षमता र दक्षता वढाउनु पर्ने भन्दै यसको लागि हरेक वर्ष हरेक क्लवमा डिष्ट्रिक गर्भनर स्थलगत रुपमा रुपमा पुगेर मार्गदर्शन गर्ने गरेको वताउदै रोटरी क्लव अफ पर्वतको संस्थागत सुशासन, क्रियाशिलता र सदस्यहरुको सामाजिक भावना प्रशंसानीय रहेको वताउनु भयो । कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी शरद भट्टराई, रोटरी जोन चौधका असिस्टेन्ट गर्भनर रेशम वहादुर खत्री, जोन सोह्रका असिस्टेन्ट गर्भनर उमेश आचार्य लगायतले रोटरी क्लव अफ पर्वतको क्रियाशिलताको सह्राना गर्दै स्थानीय आवश्यकता पहिचान गरी ग्लोवल ग्रान्टका ठूला परियोजना सञ्चालनको लागि पहल गर्न सुझाव दिनु भयो ।
क्वलको चौंथो एसेम्वलीको समापन पश्चात क्लवका सर्जेन्ट एट आर्म रोटरीयन श्री विजय चापागाईज्यूले क्लवका खत्री क्षेत्रीलाई रोटरीको गौरव कलर पहिराई ढेड घण्टाको समय निर्धारण गरे पश्चात क्लवको ४६९औं नियमित साप्तहिक वैठकको कार्यवाही शुभारम्भ भएको थियो ।
रोटरी परम्परा अनुसार आधा मिनेट विश्वशान्तिको लागि मौन प्राथनामा सहभागी भए पश्चात रोटरी परिवार भित्रका विभिन्न खुशीहरु आदान प्रदान गरिएको थियो । सो अवसरमा क्वलवका साथीहरुले मानवीय सेवाका लागि सनसाईन वक्समा स्वईच्छिक आर्थिक सहयोग समेत प्रदान गर्नु भएको थियो । जसमा चार्टर प्रेसिडेण्ट विश्व प्रकाश प्रसाईज्यूले रु १० हजार रुपैयाँ, आईपिपी विप्लप हमालज्यूले र पुर्व अध्यक्ष गोपी अधिकारीज्यूले रु २\२ हजार रुपैयाँ, क्लवका सचिव कृष्ण प्रसाद शर्मा, कोषाध्यक्ष नेत्र पौडेलले रु १\१ हजार रुपैयाँ, टिआरएफ कमिटी चियर नवराज भण्डारी प्रदान भएको थियो । सवै सहयोगी मनहरुलाई क्वलका अध्यक्ष खत्री क्षेत्री ज्यूले सह्राना र सम्मान गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा क्लवका पुर्व अध्यक्ष गोपी अधिकार, शिव शर्मा पौडेल, श्री प्रेम प्रसाद पौडेल , गणेश वहादुर क्षेत्री , गणेश पौडेल र प्रेसिडेण्ड इलेक्ट लेखनाथ शर्माले प्रमुख अतिथि लगायत डिष्ट्रिक तथा जोनवाट पाल्नु भएका विशिष्ट पाहुनाहरुलाई मायाँको चिनो प्रदान गर्नु भएको थियो

कार्यक्रममा आईपिपी हमालज्यूले प्रमुख अतिथिको संक्षिप्त परिचय एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईज्यूले धन्यवाद मन्तव्य राख्नु भएको थियो भने क्लवका सचिव कृष्ण प्रसाद शर्माले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।