२० भदौं
भैरहवा । ईनर व्हिल क्लब अफ लुम्वीनीले मंगलार आयोजना गरेको कार्यक्रम मा समाज का बुद्धिजीवी ,शिक्षा प्रेमी,बिद्यार्थी ,सामाजिक अभियान्ता लगाएको उपस्थित थियो । १ मिनेट मौन धारण गर्दै निर्मला पन्त को मृत आत्मा को चिर शान्ति को कामना गरेका थिए । निर्मला पन्तको बलात्कार पछि हत्त्या गर्ने अपराधी लाई फासिको सजाय माग राख्दै भैरहवा को बुद्द चोकमा बिरोध )याली सहित दिप प्रज्व्लन गरेको थियो ।

कार्यक्रम संचालन क्लब की सचिव सिता भट्टराई ले गर्नु भएको थियो । कार्यक्रममा क्लबका सम्पुर्ण पधादिकारीले आ आफ्नो मन्तव्य राख्नु भएको थियोे । क्लबको गतिविधि बारेमा सक्रिय सदस्य नारायणी नेपालले जानकारी दिनु भएको थियो । क्लबले सामाजिक बिकृती र बिसङती विरुद्ध स्थापनाकाल बाट विभिन्न अभियान संचालन गरेको अबगत गराउनु भएको थियो ।