पर्वत ।
जिल्ला प्रहरी कार्यालय पर्वत, सामुदायिक प्रहरी कुश्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको सँयुक्त आयोजनामा कुस्मा ९ को सार्वजनिक माध्यमिक विधालय कटुवाचौपारीकोमा सोमबार विद्यालय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहजिकरण गर्दै प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले सहकार्य र सहजीकरण रहने समाज राम्रो वनाउन संस्कार राम्रो वसाल्ने अभिभावक,शिक्षकले लक्ष्यतिर अगाडी बढाउने,घरेलु हिंसा घरको समस्या मात्र हो नभनी फौजदारी अपराध समेत कसुर कानुनी व्यवस्थाको वारेमा र स्वास्थ्य,शिक्षा,रोजगारीमा स्वयं व्यक्ति सक्षम तथा सव्वल रहने व्यक्तिगत भविष्यको लक्ष्य निर्माण गरी अगाडी बढ्न भनि हौसला साथै आवश्यक निर्देशन दिनु भयो ।
यस्तै सामुदायिक अध्यक्ष शिव प्रसाद सुवेदीले अभियानले समाजमा सहयोग पुग्ने र टोल एरियामा कटुवाचौपारी खेतीयोग्य जमिन भएकाले संरक्षण गर्दै कुलतमा नफसी व्यवसायीक खुशी र शुखी जिवनमा तदारुकतासाथ लाग्ने आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा वडा नं.९ का अध्यक्ष कृष्ण प्रसाद लामीछानेले आगामी दिनमा टोल एरियाको गतिविधीका बारेमा प्रत्यक्ष प्रहरी सँग सहकार्य सहित आयोजना गर्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले टोल समाजमा प्रभावकारीता आउने र व्यवहारमा परिवर्तन आई सभ्य नागरिकको पहिचान दिन सक्ने बताउनुभयो ।
रेडक्रस स्वास्थ्य चौकी,नवचेतना सामुदायिक केन्द्र,गायत्री प्रा.वि,जनप्रिय प्रा.वि,स्वयंमसेवीका,विभिन्न राजनैतिक दलका प्रतिनिधि,शिक्षक,अभिभावक तथा विधार्थी गरी अं ८० जनाको उपस्थिती थियो । टोलटोलमा प्रहरी अभियान टोल सुधार,वातावरण सुरक्षा सचेतना,प्रहरी र नागरिकको कर्तव्यमा समायोजन गरी अन्तकृया कार्यक्रम गरिएको थियो ।
अभियानको अन्तत्रियामा उपस्थिती वक्ताहरुवाट प्रहरीको सुरक्षा समुदायको आवश्यकता रहेकोमा अस्थाई प्रहरी चौकी समेतको आवश्यकता रहने र शान्ती चाहनु समस्यावाट मुक्ति वन्नु हो, र वडामा टोल सुधार समिति गठन गरी गतिविधिलाई नियालेर समस्या समाधान गरिने रुद्र प्रसाद शर्मा,अनिश पौडेल,प्रेम नारायण पौडेल,पार्वती उपाध्याय,पिताम्वर अधिकारी,कैशवदास वैरागी,समेतका व्यक्तिले मन्तव्य दिनुभयो थियो । ट्राफिक सचेतना दुर्धट्ना न्यूनिकरण सम्बन्धिका बारेमा ट्राफिक प्रहरी हवलदार हुमनाथ ढकालले प्रस्ट्याउनु भयो । उहाँले विभिन्न कुलतबाट बच्न सचेत रहौ र व्यवहारिक तथा व्यवसायीक बन्न कर्तव्यलाई त्याग तपस्या गरी अगाडी वढ्न आग्रह गर्नुभएको थियो । सो कार्यक्रममा सामुदायिक प्र्रही केन्द्रका निवर्तमान अध्यक्ष मानकुमारी गिरी प्र.स.नि.पुर्णिमा थापाले लगायतले यो कार्यक्रमबाट सिकेको सवै असmल अभ्यासहरुको अनुसरण गर्न समेत आग्रह गर्नुभएको थियो ।