१७ भदौं
पर्वत /पर्वतको सदरमुकाम कुस्माबजारमा प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले कुस्मा वडा नं ७ दुर्लुङ्गचोक स्थित लेस्पार होटलमा आइतबार दिउँसो छापा मारेर जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीले मोदी गाउँपालिका वडा नं ४ का ३४ बर्षिय बिकास पुन, ३७ बर्षिय मेखबहादुर पुन, २९ बर्षिय हरि पुन, ५९ बर्षिय बलबहादुर पुन, ४६ बर्षिय अम्बे पुन, कुस्मा नगरपालिका वडा नं ७ का महेन्द्र पुन, कुस्मा नगरपालिका वडा नं ४ का ४५ बर्षिय ओम पुन,जलजला गाउँपालिका वडा नं ६ का ४१ बर्षिय मिनबहादुर चोचाङ्गी र जलजला ६ कै मिनबहादुर पुन रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुको साथबाट तथा जुवाखालबाट गरि २७ हजार ६ सय ८० रुपैया समेत बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत उपदफा १ बमोजिमको कार्य गरेको भनि मुद्दा दर्ता गरिएको छ । पक्राउ परेको अभियुक्तहरुलाई जिल्ला प्रशासनबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतमा प्रमुखको रुपमा डिएसपी भुवनेश्वर तिवारी सरुवा भएर आएपछि पहिलो पटक जुवातास खेल्ने नियन्त्रणमा लिएका हुन । प्रहरी प्रमुख तिवारीले गल्ती गरेको भेटेमा कानुन अनुसार काबार्ही गरेरै छाड्ने बताए । ‘भनसुनका आधारमा अपराध गर्नेले उन्मुक्ति पाउँदैनन’ उनले भने ‘कानुन अनुसारको काबार्ही गरेरै छाड्छु’ उनले अन्य अपराध बिरुद्ध पनि शुन्य सहनसिलताको निती अख्तियार गर्ने बताए ।
पक्राउ मानिसहरु र बरामद भएको नगदी रकम:
जिल्ला पर्वत मोदी गा.पा.वडा नं.४ बस्ने बर्ष ३४ को बिकास पुन:- निजको साथबाट नगद रु २७९५।-
ऐ.ऐ.बस्ने बर्ष ३७ को मेख बहादुर पुन:-निजको साथबाट नगत रु ४६८०।-
ऐ.ऐ.बस्ने बर्ष २९ को हरि पुन:-निजको साथबाट नगद रु ६८५०।-
ऐ.ऐ.बस्ने बर्ष ५९ को बल बहादुर पुन:-निजको साथबाट रु ५०३०।-
.ऐ.बस्ने बर्ष ४६ को अम्बे पुन
ऐ.कुश्मा न.पा.वडा नं.७ बस्ने बर्ष ३२ को महेन्द्र पुन:-निजको साथबाट नगद रु २५५।-
ऐ.ऐ.वडा नं.४ बस्ने बर्ष ४५ को ओम पुन:-निजको साथबाट नगद रु १५०५।-
ऐ.जलजला गा.पा.वडा नं.६ बस्ने बर्ष ४१ को मिन बहादुर चोचाङ्गी:-निजको साथबाट रु ९०।-
ऐ.ऐ.वडा नं.९ बस्ने बर्ष २७ को मिन बहादुर पुन:-निजको साथबाट नगद रु ३०९५।-
जुवा(तास) खेलीरहेको स्थान खालबाट नगद रु ३३८०।-









