१६ भदौ
काठमाडौँ : बंगालको खाडीको प्रयास (विमस्टेक)मा सहभागी हुन काठमाडौँ आएका म्यानमारका राष्ट्रपति विन मिन्टसंग संगै भएको नेपालका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको एउटा फोटो यतिबेला सामाजिक संजालमा भाइरल भएको छ ।
पानी परीरहेको बेला राष्ट्रपति विन मिन्टसंगै हिडिरहेका बेला उनले आफै छाता ओडेका छन् भने पोखरेललाई अरुले छाता ओडाईरहेको दृश्य फोटोमा देख्न सकिन्छ ।
त्यहि फोटोलाई लिएर पाहुना राष्ट्रपतिले आफैले छाता ओड्न हुने अनि पाहुनाको सत्कार गर्न हिड्नेलाई अरुले छाता ओडाई दिनु पर्ने भन्दै फोटोलाई ट्रोल बनाईएको छ ।
यहि फोटोलाई लिएर अहिले सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी शुरु भएको छ । अहिले उक्त फोटो भाइरल नै भएको छ ।









