१५ भदौं
पर्वत । तल्लो मोदी जलविद्युत आयोजना सुरूङ निर्माण स्थलमा सुरूङ भित्रको सामाग्री बाहिर ल्याउने क्रममा बा २ क १६२९ नम्बरको मिनी ट्रक ब्रेक फेल भई दुर्घटना हुदा चालक सहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा कैलाली जिल्ला लम्की न पा वाडा नं. १ घर भई मोदी हाईड्रोपावरमा काम गर्ने बर्ष ५० का चक्र रावल, प्युठान जिल्ला गौमुखि गाउपालिका वाड न ५ बर्ष २१ गणेश घर्ती मगर दैलेख जिल्ला गुराँस गाउँ पालिका ४ का बर्ष २५ नरेन्द्र बहादुर शाही बाग्लुङ जिल्ला बरेङ गाउँपालिका १ का ट्रक चालक प्रेम ब थापा, दैलेख जिल्ला गुराँस गाउँपालिका ४ का बर्ष ३४ का वीर बहादुर शाही घाइते भएका छन् ।
घाइते हरूको पर्वत जिल्ला अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरूको टाउको छाति घुडा तथा खुट्टामा चोट लागेकोछ । सवै घाइतेहरू तल्लो मोदी हाइड्रोपावरमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते भएका गणेश घर्ती मगरको थप उपचारको लागि पोखरा रिफर गरेको छ ।