१४ भदौ
पर्वत, पर्वत फलेवास ७ लिमिठाना स्थायी ठेगाना भएकी कामना रेगमीले आफ्नो २६ औं जन्मदिनको अवसर पारेर गुप्तेश्वर गुफामा पुजालाई आवश्यक सामानहरु र जलजला मल्लाजको समाज कल्याण प्राविलाई वाटर डिस्पेन्सर प्रदान गरेकी छन् ।
२६ बर्ष प्रवेश गरेकी रेग्मी कुस्ममा रहेर सामाजिक कार्यमा क्रियाशिल भइरहेकी छन् ।
विगतको जन्मदिनको अवसर पारेर पनि उनले यस्तै समाजमा चेतना फैलने कार्य गरेकी थिइन् । गुफामा उनले पुजालाई आवश्यक पर्ने सुजी,चिनी,नुनु लगायतका खाद्यन्न समाग्रीहरु प्रलान गरेकी हुन । यस्तै जलजला मल्लाजको समाज कल्याण प्राविमा शुद्ध पिउने पानीलाई आवश्यक उपकरणको डिस्पेन्सर वाटर दिइन् । सो विद्यालयमा ९८ जना दलित समुदायका विद्यार्थीहरुले अध्यान्न गर्दै आएका छन् । उनीहरुलाई अध्यापन गराउँन अभिभावहरुले मजदुर गर्दै आएका छन् ।
उनले आफ्नो जन्मदिनको अवसर पारेर एक कार्यक्रमका विच सहयोग प्रदान गरिन् । समाग्री दिदै कमनाले पछिललो समयमा जन्मदिने मानाउँने संस्कारमा केहि परिवर्तन आएकोमा खुशि ब्यक्त गरिन् । हाल समाजका अन्य ब्यक्तिहरुले पनि जन्मदिनमा समाजलाई उपयोग कार्यहरु गर्दै आएका छन् ।
सिसेफ महिला समुहकी उपाध्यक्ष इश्वरी पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । भने,समाज कल्याण प्राविका प्रधानाध्यापक ओम बहादुर जि.सी,मानव अधिकार संगठन पर्वतका सचिव माधव पौडेल,माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष सरस्वती शर्मा जिज्ञासु, सिसेफ महिला समुहकी उपाध्यक्ष पवित्रा श्रेष्ठ टिका लगायतले बोल्दै उनलाई जन्मदिनको शुभकामना दिएका थिए ।









