११ भदौं
अमेरिकाको फ्लोरिडामा अन्धाधुन्ध गोली प्रहार भएको छ । फ्लोरिडाको ज्याक्सनभिल्लामा भएको अन्धाधुन्ध गोलीकाण्डमा आक्रमणकारीसहित तीनजनाको ज्यान गएको छ । अरु ११ जना घाइते भएका छन् ।

ज्याक्सन ल्यान्डिङ्ग सपिङ्ग, इन्टरटेनमेन्ट एण्ड डाइनिङ्ग कम्प्लेक्समा गोलीकाण्ड भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । घटनास्थलमा ९ जना तथा दुईजना त्यहाँबाट बाहिरिने क्रममा घाइते भएका हुन् ।

ज्याक्सनभिल्लामा भइरहेको भिडियो गेम प्रतिस्पर्धा चलिरहेका बेला गोलीकाण्ड भएको हो । २४ वर्षका डेविड काट्जले अन्धाधुन्ध गोली चलाएका हुन् । उनले चलाएको गोली लागेर दुईजनाको ज्यान गयो ।