६ भदौं
पर्वत । नयाँ मुलुकी ऐन ( देवानी र अपराध सहित ) लागू भएसँगै भदौं १ गते देखी ६ गते सम्म जिल्ला अदालत पर्वतमा दर्ता भएका ८ वटा मूद्दा मध्ये ७ वटा संवन्ध विच्छेदको रहेको जानकारी प्राप्त भएको छ । ७ वटा मूद्धा मध्ये ५ वटा श्रीमानले श्रीमती विरुद्ध सम्बन्ध विच्छेद गरिपाउ भनि उजुरी दिएका छन् । भने २ वटा श्रीमान विरुद्ध रहेका छन् ।
भदौं यता मात्रै ७ वटा सम्बन्ध विच्छेदका मूद्धा दर्ता भएकोमा ५ वटा पूरुषले सम्वन्ध विच्छेदका लागी मुद्दा दर्ता गर्नु श्रीमती वाट श्रीमान पनि प्रताडित रहेछन् भन्ने देखिएको छ । आज जिल्ला अदालतमा भएको कृयाशिल पत्रकारहरुका विचमा अन्तरकृया कार्यक्रममा पर्वतका न्यायधिस सुर्यबहादुर थापाले जानकारी दिए ।
पत्रकारसँग नयाँ कानूनमा भएको प्रावधानबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम तथा जिल्ला अदालतले आ व ०७्४ \७५ मा सम्पन्न गरेका गतिविधि विधिहरुको वारेमा जानकारी गराईएको थियो ।
नयाँ संशोधन ऐनमा प्रेसलाइ पनि अंकुश लगाउने देखिएको भन्दै पत्रकार महासंघले त्यसको विरोध गर्दै आइरहेको छ ।









