३ भाद्र
सचिन्द्र श्रेष्ठ,काठमाडौं , जोजोलोपा फेशन रनवे २०१८ भब्य रुपमा काठमाडौमा सम्पन्न भएको छ । क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोपा कलेक्सनको आयोजनामा ‘जोजोलोपा फेशन रनवे २०१८’ भब्य रुपमा सम्पन्न गरेको छ। एक दर्जन भन्दा बढि चर्चित मोडलहरु ¥याम्पमा निस्किएका थिए । यस फेशन शोमा चर्चित नायिका सञ्चिता लुईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा प्रस्तुत भएका थिए । डिजाइनर प्रतिमा मर्हजनको डिजाइनमा मोडलहरु ¥याम्प शोमा उत्रिएका थिए । यस शोमा नेपालका चर्चित गायकगायिकाले सांगितिक प्रस्तुति दिएका थिए । जोहेब मानन्धर, रमिता भण्डारी, एन्जिला रेग्मी, प्रशन्ना पाण्डे, , दाउथ राई, पुरन प्रधान, कपिल कस्पल श्रेष्ठ, अजय तुलाधर लगायतले आफ्नो प्रस्तुति दिएका थिए । भने यसै कार्यक्रम पुर्ब मन्त्री मोहन बस्नेत बाट कला क्षेत्रमा धेरै समय देखि कार्यशिल रहेका गायक जोहेब मानन्धर, जयन सुब्बा मानन्धर, सन्चिता लुइँटेल , रमिता भन्डरी, प्राश्ना पान्डे लगायत अरु विभिन्न क्षेत्रमा रहि योगदान पुर्याउने हरु लाई सम्मान पनि गरेका थिए।
फेशन शो मा गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा सम्पन्न भएको छ । भण्डारीले देश तथा विदेशमा सफल रुपमा कार्यक्रम आयोजना गरिसकेकी छिन् । अभिनय, गायन र इभेन्ट आयोजनामा सक्रिय रहेकी भण्डारी रशलाईट मिडियाकी अध्यक्ष पनि हुन ।
उक्त फेशन शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाउण्डेशनका अध्यक्ष रत्न राईले बताए । क्यान एजुकेशनले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गर्ने गरेको अध्यक्ष राईले जानकारी दिए । नेपालमा विद्यालय जान नपाएका र आर्थिक अवस्था कमजोर भएर अध्ययन छोड्ने अवस्थाका बालबालिकालाई सहयोग गर्दै आएको छ । संस्थाले १२ सम्मको अध्ययनका लागि सहयोग गर्ने गरेको फाउण्डेशनकी कोषाध्यक्ष सम्झना लामाले बताइन ।