१ भाद्र
पर्वत । जिल्ला प्रहरी कार्यलय पर्वतले आज नागरीक सूनूवाई कार्यक्रम गरेको छ । नेपाल प्रहरीको केन्द्रिय निती वमोजिम प्रत्येक जिल्ला प्रहरी कार्यालयवाट त्रैमासिक रुपमा जनताको घर आँगनमा गई अपराध रोकथाम र नियन्त्रण तथा सामाजिक विकृति, विसंगतीलाई न्युनिकरण गर्न राय, सुझाव, सल्लाह संकलन गर्ने र शान्ति सुरक्षा कायम गर्ने कार्यमा वा सेवा प्रवाहमा भए, गरेका कमी कमजोरी , गुनासो , जिज्ञासा ग्रहण गरी त्यसलाई सम्वोधन गर्दै जाने प्रहरीको निति रहेको छ ।
नागरिक सूनूवाई कार्यक्रममा कूश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले प्रहरी जहिले पनि नागरीक मैत्री हूनूपर्ने,प्रहरीको सेवा जनताका लागी भएकाले जनता संग हातेमालो गरि अपराध नियन्त्रणमा लाग्नू पर्ने धारणा राख्नू भयो । कूश्मा नगरभित्र नागरीक संग मिलेर अपराधिक कृयाकलाप नियन्त्रण गर्न सकिने धारणा राख्दै प्रहरी जनताको सेवक भएकालेले सवै नागरीकले सहयोग गर्नु पर्ने धारणा राख्नू भयो । उहांले नागरीक पनि वरदी विनाको प्रहरी भएकाले प्रहरीले विश्वासमा लिएर सेवा प्रवाह गर्नुपर्ने वताउनू भयो ।
जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको आयोजनामा उधोग वाणिज्य संघ कुश्मा पर्वतको भवनमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको सभापतित्व, जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल को प्रमुख अतिथी तथा जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीको स्वागत तथा जिल्लाको सुरक्षा स्थितीको विषयमा प्रकाश पार्नू भएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरू ,बिभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सामाजिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधी , समाजसेवी, बुद्दीजिवि, नागरीक समाजका प्रतिनिधिहरू , त्यसैगरी स्थानिय आमा समुह तथा युवा क्लवका प्रमुख तथा प्रतिनिधीहरू, सञ्चारकर्मी ,व्यापारी,व्यावसायी र स्थानियवासीहरूको सहभागिता रहेको थियो ।
अपराध रोकथाम र नियन्त्रण तथा सामाजिक विकृति, विसंगतीलाई न्युनिकरण गर्न राय, सुझाव, सल्लाह संकलन गर्ने र शान्ति सुरक्षा कायम गर्ने कार्यमा वा सेवा प्रवाहमा भए, गरेका कमी कमजोरी, गुनासो , जिज्ञासा ग्रहण गरी त्यसलाई सम्वोधन गर्ने प्रमुख उद्देश्य रहेको उक्त कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, पत्रकार एवम् स्थानिय समाजसेवी व्यक्तित्वहरुले स्थानिय स्तरमा देखिएका सामाजिक समस्या, शान्ति सुरक्षा, सामाजिक अपराध, घरेलु हिंसा, घरेलु मदिरा उत्पादन तथा मादक पदार्थ सेवन, सडक दुर्घटना, लागु औषध दुरव्यसनी , सुरक्षाकर्मीको वितरण , नेपाल प्रहरीको भुमिका, क्रियाकलाप, आचरण व्यवहार, सीसी क्यामरा व्इवस्थापन, नदि जन्य पदार्थको चोरी निकासि नियन्त्रण, प्राकृतिक प्रकोपमा प्रहरी परिचालन जस्ता बिभिन्न विषयमा नागरीकहरुले प्रश्न गरेका थिए ।
कार्यक्रममा जिज्ञासा सम्वोधन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले शान्ति सुरक्षाको लागी प्रहरी कुनै पनि कुरामा पछि नहट्ने र जनताको सेवाका लागी सधै तयार रहने तथा सामाजिक विकृती विसङ्गती तथा अपराधिक गतिविधिलाई निमिट्यान्न पार्नको लागी प्रहरी एक्लैले मात्र केही गर्न नसक्ने र यसको लागी जनताको प्रत्यक्ष सहयोगको आवश्यकता अपरिहार्य रहेको कुरा वताउनुभएको थियो । त्यस्तै गरी प्रमुख जिल्ला अधिकारी जिल्लाको शान्ति सूरक्षका चुसतदूरुस्त राख्नूपर्ने दायित्त प्रहरीको भएको धारण राख्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शिव प्रसाद सुवेदीले गर्नुभएको थियो ।









