३० साउन
पर्वत । पर्वतको जलजला गाउँपालिका –८ नाग्लिवाङमा रहेको जनकल्याण मा.वि मा मंगलवारदेखी कक्षा ११ को पठनपाठन शुरु भएको छ । विद्यालयले आध्यात्मिक अनुष्ठानसहित ११ कक्षाको उद्घाटन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अधयक्ष दुर्गावहादुर खत्रीले दीप प्रज्ज्वलन गरी कक्षाको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै खत्रीले लामो समयको परिश्रम र मेहेनतबाट ११ कक्षामा पठानपाठन शुरु भएको बताउनु भयो । उहाँले विद्यार्थीहरुको समस्यालाई मध्येनजर गदै कक्षा ११ को पठनपाठन शुरु गरेको बताउनु भयो ।

गाउँमा उच्च शिक्षा नहुँदा बराईसराई बढ्दै गएको प्रति दुःख व्यक्त गदै शिक्षा विना समाजको विकास नहुनमा जोड दिनुभयो । गरीब परिवारका विद्यार्थीले एसइई पछिको शिक्षालाई पनि सहज रुपमा पढन सकून् भनेर कक्षा सञ्चालन गरेको खत्रीले बताउनु भयो । कार्यक्रममा जलजला गाउँपालिका –८ नाग्लिवाङका वडाध्याक्ष हरिविकास जिसीले गुणस्तरीय शिक्षा आर्जनका लागि उपयुक्त केन्द्र बनाउने ठोकुवा गनुृभयो । उहाँले विद्यालयको शैक्षिक सुधारका लागि गाउँपालिका सँग समन्वय गरि अघि बढ्ने बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भिमवहादुर रेग्मी, नेपाली काँग्रेस वडा कार्य समिति नाग्लिवाङका सभापति रामप्रसाद क्षेत्री, राप्रपा नेपाल नाग्लिवाङका अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, शालीग्राम गुरु आश्रमका पण्डित टिकाराम शर्मा लगायतले आफ्नो जीवनकालमै कक्षा ११को पठाई शुरु भएको देख्न पाउँदा ज्यादै हर्षित भएको बताउनु भएको थियो ।