३० साउन
काठमाडौँ । सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राजभण्डारीलाई हटाउने निर्णय गरेको हो ।
यसअघि राजभण्डारीलाई हटाउने लामो प्रयास असफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजभण्डारीसंग स्पष्टिकरण लिएका थिए । जवाफ चित्त बुझ्दो नभएको भनिए पनि हटाउन भने सकेको थिएन ।
बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बैठकले प्रतिष्ठानमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्राडा मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, हरि फुयाँल, डा शंकर शर्मा, भवानी राणा र लालबाबु यादवलाई तीन वर्षका निम्ति नियुक्त गर्ने निर्णय गरेको छ ।









