२९ साउन
पर्वत । पुर्व प्रधानमन्त्री एबं नेपाली काँग्रेसका पुर्व पार्टी सभापति संबिधानका पिता स्व सुशील कोईरालाको ७९ औं जन्मजयन्तीको अबसरमा कुश्माको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पस एकाइ समितीको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य एबं नेपाली काँग्रेस पर्वतका पुर्ब पार्टी सभापति लालकाजी गुरुङको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका भातृ तथा सुबेच्छुक संघसंस्थाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै सांसद गुरुङले सुशिल कोईराला हाम्रो बिचमा नभए पनि उहाँले राजनीतिमा गरेको योगदान संधै अमर रहेको बताउनु भयो । संबिधान निर्माणमा महत्त्वपूर्ण भुमिका खेलेको र नेपाली राजनीतिमा रहेको योगदान र सिकाएको पाठले गर्दा कांग्रेसले मात्रै हैन अन्य पार्टीले पनि सुशील कोईरालालाई कहिले बिर्सन नहुने बताउनुभयो । साथै उहाँले बाम सरकारलाई दम्भ नदेखाइ जनताले महसुस गर्ने गरि काम गरेर देखाउन आग्रह गर्नुभयो ।
गुप्तेश्वर बहुमुखी क्याम्पस एकाइ सभापती शिशिर सर्माको अध्यक्षता मा भएको कार्यक्रमको संचालन विद्यार्थी नेता ठाकुर रसाइलीले गर्नु भएको थियो ।









