२५ साउन
पर्वत । कूश्मा नगरपालिका वडा नं २ स्थित जगदम्वा प्रा वि मा अध्ययनरत २७ जना विद्यार्थीहरुका लागी कुश्मा नगर प्रमूख रामचन्द्र जोशीले एक\ एक सेट ड्रेस सहयोग गर्ने घोषणा गर्नु भएको छ । स्थलगत रुपमा विद्यालयमा पूगी विद्यार्थीहरु संग अन्तरकृया गरेर सहयोग गर्ने वचन दिनु भएको हो । उक्त विद्यालयमा निम्न आम्दानी भएका विपन्न विद्यार्थीहरुले पढ्दै आएका छन् ।

नगर प्रमुखले पाउने आप-नो सूविधा वाट सहयोग गर्ने प्रमूख जोशीले वताउनू भयो । विद्यालयको माग र वास्तविक अवस्था देखेर विद्यार्थीहरुको पठनपाठनमा थप सहयोग पूग्छकी भनेर सहयोग गरेको जानकारी दिंदै जोशीले आफूले नगर प्रमूखको नाताले पाउने सवै पारिश्रमीक यसै गरि वितरण गर्ने वताउनू भयो ।
कूश्मामा रहेको व्रमाकूमारी ईश्वरीय विश्व विद्यालयलाई रु ५० हजार सहयोग र अन्य निकायहरुमा पनि आवश्यकता हेरी सहयोग गर्ने जानकारी दिनू भयो ।

जगदम्वा प्रा वि का प्रधानध्यापक राम प्रसाद शर्माले विद्यालयको स्थलगत निरिक्षण गरि वास्तविक आवश्यकता वूझेर सहयोग गरिदिनू भएकोमा नगर प्रमूख जोशीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।