२० साउन
पर्वत । पर्वत जिल्लामा कार्यरत प्रहरी नायव उपरिक्षक दिलिफ घिमिरेको एक कार्यक्रमका विच पर्वत उद्योग वाणिज्य संघले विदाई गरेको छ । पर्वत जिल्लाको ११ महिनाको वसाईको वारेमा चर्चा गर्दै उहांको पर्वत वसाई सफल रहेको निश्कर्ष निकालिएको छ ।
पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा भएको विदाई तथा स्वागत कार्यक्रममा प्रहरी नायव निरक्षिक दिलिफ घिमिरेले पर्वतमा गरेका कार्य सम्पादनको वारेमा चर्चा भएको थियो । विदाई कर्यक्रममा आप-नो भनाइ राख्दै अध्यक्ष केदारनाथ शर्माले पर्वत जिल्लामा रहदा उहांले नागरिक मैत्री प्रशासन संचालन गरेको,पर्वतको शान्ति सूरक्षामा अमूल्य गोगदान गरेका कारण आज विश्व मित्रता दिवसका अवसरमा विदाई कार्यक्रम राखेकाले यो एउटा अविस्मरणीय क्षण भएको धरणा राख्नू भयो । कार्यक्रममा विदाई हूदै जान लाग्नू भएका डिएसपि घिमिरेले पर्वतको वसाई सूखमय रहेको वताउनू भयो । उहांले पर्वतमा नागरिक समाजको सोचे भन्दा धेरै सहयोग पाएकाले आफू सफल भएको धारणा राख्नू भयो । म वर्दिमा रहदा वा नरहदा पर्वतका नागरिकले गरेको सहयोगको सधै स्मरण गर्नेछू भन्दै एक दूइ वटा तिता घटना घटेकाले प्रहरीको डियूटिको जिवनमा कतवर््य पालनाको शिलशिलामा गरेको धारणा राख्नु भयो ।
उक्त विदाई कार्यक्रममा लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष तथा किरना व्यवसायी गणेश वहादूर क्षेत्रीले प्रहरी नायव उपरिक्षक दिलिफ घिमिरेले जनताको शान्ति सूरक्षका लागी पर्वत जिल्लामा महत्वपूर्ण योगदान गरेको धारणा राख्नू भयो । कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष हरिओम शर्मा लामिछाने,वरिष्ठ उपाध्याक्ष गोपि अधिकारी,उद्योग उपाध्यक्ष ठाकूर वि पौडेल लगायतले प्रहरी नायव निरिक्षक दिलिफ घिमिरेको पर्वत वसाई सफल रहेको धारणा व्यक्त गरेका थिए ।
त्यसै गरि भर्खर मात्र सरुवा भई आउनू भएका प्रहरी निरिक्षक सूरज खत्रीलार्इ स्वागत गरिएको छ । गूल्मी जिल्ला घर भई पर्वत जिल्लालाई कार्यक्षेत्र वनाई आउनू भएका प्रहरी निरिक्षकले पक्कै पनि पर्वत वासीको हितमा कार्य गर्नेमा आम व्यवसायीले धारणा राखेका थिए ।









