साजन परियार साउन २०, पर्वत । यहाँका एक दम्पतीले गाउँमा स्वास्थ्य केन्द्रको भवन बनाउन ३० लाख पर्ने जमिन दान गनुृभएको छ । पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटका शहरि स्वास्थ्य चौकीको भवन बनाउन छात्रवहादुर क्षेत्री र श्रीमती भद्रकला क्षेत्रीले पाँच आना जग्गा दान गरेका छन् ।

गाउँमै स्वास्थ्य चौकीको पहुँच पु¥याउन साईलो छोरा खड्कावहादुर क्षेत्रीको स्मृतिमा जग्गा दान गरेको बताउनु भयो । उनका छोरा खड्कावहादुर क्षेत्रीको आज भन्दा १२ बर्ष अगडी रोजगारीको शिलशिलामा साउदी अरवमा मृत्यु भएको थियो । जग्गाको लाजपुर्जा आज शहरी स्वास्थ्य केन्दको नाममा नामकरण गरिएको छ । उक्त जग्गाको लालपुर्जा जग्गादाताहरुले शहरी स्वास्थ्य केन्द्रका अध्यक्ष तथा वडाध्यक्ष यदुनाथ बास्तोलालाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य क्षेत्रको विकासका लागि योगदान गरेको भन्दै जग्गादातालाई कुश्मा नगरपालिका मेयर रामचन्द जोशीले र कुश्मा नगरपालिका २ खुर्कोटका वडाध्यक्ष यदुनाथ बास्तोलाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका मेयर जोशीले आवश्यक सुविधासहितको भवन निर्माण गर्ने प्रक्रिया अघि बढाइने बताउनु भयो ।

उहाँले भवन निर्माणको काम तत्काल थाल्न वडाध्याक्षलाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा शहरि स्वास्थ्य केन्द्रका अध्यक्ष तथा कुश्मा नगरपालिका २ का वडाध्याक्ष यदुनाथ बास्तोलाले स्वास्थ्य चौकीको भवन नहुँदा स्थानीयवासीले समस्या झेल्दै आएको बताउँदै छिटोभन्दा छिटो भवन निर्माण गरिने बताउनु भयो ।