१९ साउन
राकेश शर्मा, म्याग्दी । म्याग्दीको बेनीबजार नजिक म्याग्दीखोलामा ट्याक्सी खस्दा आमा सहित ९ बर्षको छोरा बेपत्ता भएका छन् ।
खुल्लामञ्चस्थित बहुउद्देश्यीय मैदानमा सिक्दै गरेको ट्याक्सी म्याग्दीखोलमा खस्दा आमा–छोरा बेपत्ता भएका हुन । न्यू बेनी यू बेनी ड्राईभिङ इस्टिच्यूट मार्फत सिक्दै गरेको ध १ ज २५१ नम्बरको ट्याक्सी म्याग्दीखोलामा खसेको हो । ट्क्यासी खस्दा जलजला गाउँपालिकामा बस्ने २६ बर्षीया शोभा अधिकारी र उनको ९ बर्षीय छोरा बेपत्ता भएका हुन् । ट्क्यासी खोलामा खस्दा साथ प्रहरीले खोजी कार्य गरे पनी पत्ता लगाउन सकेको छैन । बिहान देखी ट्याक्सी सिकिरहेका शोभाले आफ्नो छोरालाई समेत साथमा राखेर सिक्दा खोलामा खसेको प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढाले जानकारी दिनुभयो ।
उनीहरुलाई सिकाउने प्रशिक्षक हरि घिमिरे ११ बजे तिर खाना खान गएको बेला उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । कालीगण्डकी नदीको दोभान र पर्वत खण्डमा सुरक्षमर्कीले खोजी कार्यलाई गरिरहेका छन् ।









